शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

क्याम्पस प्रमुखको पुनः नियुक्ति खारेजीको माग गर्दै रामपुर क्याम्पसमा नेविसंघले लगायो ताला

बुधबार, १८ साउन २०७९, ०७ : ४६
बुधबार, १८ साउन २०७९

नेपाल विद्यार्थी संघ कृषि र पशु विज्ञान अध्ययन संस्थान रामपुर क्याम्पस चितवनले विभिन्न क्याम्पसमा रिक्त रहेको क्याम्पस प्रमुख पदमा मिलन सुवेदी लाई पुनः गैरकानुनी रुपमा नियुक्त गरिएको भन्दै नियुक्ति खारेज गर्न माग गरेको छ । 

संघले मंगलबार विज्ञप्ति जारी गर्दै रामपुर क्याम्पस खैरहनी, लम्जुङ क्याम्पस सुन्दरबजार, पक्लिहवा क्याम्पस पक्लिहवा र गौरादह क्याम्पस झापाले नयाँ क्याम्पस प्रमुख नियुक्त गर्दा योग्य, अनुभवी र सिनियर प्राध्यापकको नियुक्ति गर्नु पर्नेमा जुनियर र आफुखुशी नियुक्त गरेको भन्दै विरोध गरेको छ ।

संघले निज व्यक्तिहरुलाई दिइएको नियुक्ति खारेज गर्न ४८ घण्टे ‘अल्टिमेटम’ दिँदै मंगलबार रामपुर क्याम्पस खैरहनी र कृषि र पशु विज्ञान अध्ययन संस्थान डीनको कार्यालय कीर्तिपुरमा अनिश्चितकालीन तालाबन्दी समेत गरेको छ । तालाबन्दीलाई लापरबाही गरेर विद्यार्थीलाई झन जिस्काउने कार्य गरेमा सशक्त आन्दोलन थालिने विज्ञिप्तमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप