खोला तर्ने क्रममा बगाएर मृत्यु
बुधबार, १८ साउन २०७९, ०७ : २७
त्रियुगा खोलाले बगाएर उदयपुरमा एक पुरुषको मृत्यु भएको छ । त्रियुगा नगरपालिका ७ तिलबारी कौवाईका ५० वर्षीय बौवा चापागाईंको मंगलबार खोला तर्ने क्रममा ज्यान गएको हो ।
बजारबाट घर फर्किने क्रममा त्रियुगा खोला तर्ने क्रममा बाढीले बगाएर चापागाईंको ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरका निमित्त सूचना अधिकारी प्रहरी निरिक्षक मोहन थापाले बताए । बजारबाट घर फर्कदा बगाएर झन्डै ५० मिटर तल पुर्याउँदा घटनास्थलमै उनको ज्यान गएको जिल्ला प्रहरी कार्यलय उदयपुरले जनाएको छ ।
थापाका अनुसार स्थानीयबासीले कौवाईस्थित त्रियुगा पुल नजिक लडेको देखेर निकाल्दा उनको ज्यान गई सकेको थियो । घटनास्थलको मुचुल्का गरी मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको थापाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सय दिने विशेष अभियान सफल पार्न कांग्रेस सुदूरपश्चिमले खटायो ४३ प्रतिनिधि
-
बगेको बुलेटभित्र थियो ६ मेट्रिकटन ग्यास, जोखिम कति ?
-
उदयपुर, सुनसरी र सप्तरीका नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
-
झ्याप्ले खोला दुर्घटनामा पर्ने अधिकांश रुपन्देहीका भएको आशंका
-
बाढी पहिरोमा परेर ज्यान गुमाएकाहरूका परिवारलाई तत्काल क्षतिपूर्ति दिन राप्रपाको माग
-
उद्धार कार्यमा जुट्न पार्टी पङ्क्तिलाई रास्वपाको निर्देशन