शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

तेस्रो टी-२० मा भारत विजयी

बुधबार, १८ साउन २०७९, ०६ : ५६
बुधबार, १८ साउन २०७९

भारतले पाँच टी-२० शृंखलाको तेस्रो खेलमा घरेलु टोली वेस्टइन्डिजलाई ७ विकेटले पराजित गरेको छ । योसँगै भारत शृंखलामा २(१ ले अघि छ। १६५ रनको लक्ष्य पछ्याएको भारत १९ ओभरमा ३ विकेट गुमाउँदै विजयी भयो । भारतका सूर्यकुमार यादवले सर्वाधिक  ७६ रन बनाए ।  यस्तै, ऋषभ पन्त ३३ रन जोडे। 

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको घरेलु टोली वेस्टइन्डिजले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १६४ रनको योगफल तयार पार्‍यो।
 
वेस्टइन्डिजका ओपनर काइल मेयर्सले सर्वाधिक ७३ रन बनाए । रोभम्यान पावेलले २४ रन जोडे ।  भारतका भुवनेश्वर कुमारले  २ विकेट लिए । पहिलो खेलमा भारत ६८ रनले विजयी हुँदा दोस्रो खेल बेस्ट इन्डिज ५ विकेटले विजयी भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप