मोटरसाइकल चोरी गर्ने दाजुभाइसहित ३ जना पक्राउ
महोत्तरीमा श्रृंखलावद्ध रुपमा मोटरसाइकल चोरी गर्ने ३ जना पक्राउ परेका छन् । मोटरसाइकल चोरी भएको उजुरीको आधारमा लामो अनुसन्धानपछि इलाका प्रहरी कार्यालय वर्दिवासको टोलीले उक्त समूहलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बर्दिबासमा बस्ने एकैघरका दाजुभाइ राम एकवाल यादव र रामलक्ष्मण यादव, भंगाहा नगरपालिका घर भएका सुनिल कुमार राम रहेको प्रहरीले जनाएको छ । १५ साउनको राती वडा न.१४ स्थित सेन्चुरी बैंकको अगाडि पार्किङ्ग गरेर राखेको ज ७ प ४५८६ नम्बरको मोटरसाइकल चोरीभएसँगै इलाका प्रहरी कार्यालय गौरिडाँडाको टोली तिव्र खोजतलासमा लागेको थियो ।
अनुसन्धानको क्रममा बर्दिबास-७ बस्ने राम एकवालको घरबाट उक्त नम्बर प्लेटको मोटरसाइकल फेला परेपछि संगठित मोटरसाइकल चोरी गर्नेको रहस्य खुलेको हो । राम एकवालको घरबाट अन्य चोरी गरेका मोटरसाइकल समेत फेला परेका छन । ज १२ प ८४८६, प्र-०१-००२-प ५५२९ नम्बरको मोटरसाइकलसहित ४ मोटरसाइकल फेला परेको प्रहरी नायव उपरीक्षक रवि रावलले जानकारी दिए ।
प्रहरीले अदालतबाट ८ दिनको म्याद थप गरी थप अनुसन्धानलाई अगाडि बढाएको छ । बर्दिबास लगायत जिल्लाका विभिन्न ठाउँबाट चोरी भएका मोटरसाइकलको विषयमा समेत रहस्य खुल्न सक्ने प्रहरीको अनुमान रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर्राष्ट्रिय ध्यान दिवस राष्ट्रिय महोत्सव हो : सद्गुरु एलपी भानु शर्मा
-
मुख्यमन्त्री लामाद्वारा चन्द्रागिरि नगर अस्पताललाई ‘भेन्टिलेटर’ हस्तान्तरण
-
अधिकांश क्यानडेली अमेरिकी बन्न चाहन्छन् : ट्रम्प
-
ओस्कारबाट बाहिरियो ‘शाम्बाला’
-
आजको मौसम : पश्चिमी वायुको सामान्य, कहाँको तापक्रम कति ?
-
१७ वर्षीया सरिता तामाङको हत्या आरोपमा युवक पक्राउ