सयपत्री हाइड्रोपावरको आइपीओमा २६ गुणा बढी आवेदन
सयपत्री हाइड्रोपावरको साधारण सेयर (आईपीओ)मा २६ गुणा बढी आवेदन परेको छ । साउन १३ गतेदेखि आइपीओ बिक्री खुलाएको कम्पनीको सेयरमा आवेदन दिने आज अन्तिम दिनसम्म उक्त आवेदन परेको हो ।
आज अन्तिम दिनसम्मको अवधिमा १५ लाख २३ हजार ७०३ जना आवेदकले ७२ अर्ब ४५ लाख ८ हजार रुपैयाँबराबरको आइपिओमा आवेदन दिएका हुन् । उनीहरूबाट १ करोड ७२ लाख ४५ हजार ८० कित्ता सेयरको माग भएको सेयर निष्कासन तथा बिक्री प्रबन्धकले जनाएको छ ।
कम्पनीले साउन १३ गतेदेखि ७ लाख २१ हजार ६० कित्ता सेयर बिक्री खुलाएको थियो । कम्पनीले १०० रुपैयाँ अंकित सेयरमा ६ लाख कित्ता सेयरमा स्थानीयका लागि बिक्री गरेर बाँकी बसेको १ लाख २१ हजार ६० कित्ता सेयर समेत थपेर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको थियो ।
जसमध्ये, सामूहिक लगानी कोषका लागि ३६ हजार ५३ कित्ता सेयर छुट्याइएको थियो भने कर्मचारीका लागि १४ हजार ४२१ कित्ता सेयर छुट्याइएको थियो । बाँकी रहेको ६ लाख ७० हजार ५८६ कित्ता सेयर मात्रै सर्वसाधारणलाई बिक्री गरिएको थियो । आज अन्तिम दिनसम्म सर्वसाधारणका लागि बिक्री खुलाइएको कुल सेयरभन्दा २६ गुणा बढी आवेदन परेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दलित समुदायको अधिकारसम्बन्धी विधेयक संसदमा पेस गर्न सरकारलाई निर्देशन
-
पुस ८ गतेदेखि ब्याडमिन्टन प्रतियोगिता हुने
-
जब विमानस्थलमा विराट कोहली महिला पत्रकारसँग विवादमा ओर्लिए !
-
काश्मिरमा विद्रोहीसँग भारतीय सेनाको भिडन्त, पाँच जनाको मृत्यु
-
पूर्वाधार निर्माण र सेवा विस्तारमा लगानी बढाउनु पर्छ : पूर्वराष्ट्रपति भण्डारी
-
रविको सुतिरहेको तस्बिर सामाजिक सञ्जालमा हाल्नेलाई प्रहरीले कारबाही गर्ने