मन्दाकिनी हाइड्रोपावरको सेयर बाँडफाँड, भाग्यमानी ९ जनाले पाए ११ कित्ता आईपीओ
मन्दाकिनी हाइड्रोपावरको साधारण सेयर (आईपीओ) १ लाख ९ हजार ३७४ जनाले पाएका छन् । कम्पनीले आज आईपीओ बाँडफाँड गर्दै उक्त आवेदकले सेयर पाएको जनाएको हो ।
यसमध्ये ९ जनाले ११ कित्ताका दरले र अन्यले १० कित्ताका दरले सेयर पाएका छन् । कम्पनीले साउन ९ गतेदेखि १२ गतेसम्म सर्वसाधारणका लागि आईपीओको बिक्री खुलाएको थियो । हाइड्रोपावरले ११ करोड ७६ लाख ७ हजार ३०० रुपैयाँ बराबरको ११ लाख ७६ हजार ७३ कित्ता सेयर बिक्री खुलाएको थियो । जसमा कुल १५ लाख ४७ हजार ९४९ १ करोड ६९ लाख १६ हजार ९८० कित्ताका लागि आवेदन गरेका थिए ।
त्यसमध्ये, १ हजार ६६५ जनाको आवेदन रद्द भएको सेयर निष्काशन तथा बिक्री प्रबन्धक बीओके क्यापिटलले जनाएको छ । यसअनुसार १५ लाख ४६ हजार २८४ जनाको आवेदन मात्रै योग्य देखिएको थियो । यो बिक्री खुलाएकोभन्दा १५.४५ गुणा बढी आवेदन हो ।
कम्पनीले बिक्री खुलाएको कूल सेयरमध्ये कर्मचारीका लागि २३ हजार ५२१ कित्ता र सामूहिक लगानी कोषलाई ५८ हजार ८०२ कित्ता सेयर छुट्याइएको थियो । बाँकी रहेको १० लाख ९३ हजार ७४९ कित्ता सेयरमा मात्रै सर्वसाधारणलाई छुट्याइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पले रक्षा प्रमुखका लागि प्रस्ताव गरेका हेगसेथ परे ४ घण्टे केरकारमा
-
लमजुङमा धान उत्पादन बढ्यो
-
१२ बजे, १२ समाचार : ओलीको आलोचना गर्दा अर्का नेतालाई कारबाहीको डण्डादेखि राष्ट्रपतिलाई अध्यादेशले तनावसम्म
-
१० बजे १० समाचार : अध्याधेशमा राष्ट्रपतिको असन्तुष्टि, मोर्चाबारे अलमलमा झलनाथ
-
‘बाइरो तेस्रो अल ब्रिड च्याम्पियनसिप डग शो’को तयारी पूरा
-
ओलीको आलोचना गर्दा एमालेमा अर्का नेता पनि कारबाहीमा