आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

भारतीय यात्रुले हाफ पाइन्टको बटनमा लुकाएर ल्याएको ३५ लाख रुपैयाँ बराबरको सुन बरामद

मङ्गलबार, १७ साउन २०७९, २१ : ३३
मङ्गलबार, १७ साउन २०७९

थाइल्याण्डको बैंककबाट काठमाडौं आएका भारतीय यात्रुको साथबाट ५ वटा हाफ पाइन्टको बटम नै सुनको भेटिएको छ । मङ्गलबार दिउसो करिब १ बजे थाई स्माईल एयरलाईन्समार्फत काठमाडौं आएका भारतीय यात्रुको साथबाट बरामद गरिएको हाफ पाइन्टको बटम सुनको भेटिएको हो ।

भारतीय नागरिक डेभिड मक्करले आफ्नो साथमा ल्याएको ५ वटा हाफ पाइन्ट भित्र अस्वभाविक संख्यामा जडान गरिएका टाँक जडान गरेको पाइएको थियो । त्रिभुवन विमानस्थलको भन्सार कार्यालयलाई शंका लागेपछि चेकजाँच गर्दा (टिप बटन) भित्र साना÷साना रिङ् बनाएर ४२६ ग्राम सुन लुकाएर ल्याएको पाइएको हो । 

सुन फेला परेपछि भन्सार कार्यालयले सुनसहित यात्रुलाई नियन्त्रणमा लिएर भन्सार ऐन बमोजिमको कारवाही सुरू गरेको छ । भन्सार प्रमुख महेश भट्टराईले निकै कुशलतापूर्वक रेडिमेड हाफ पाइन्टको मेटल बटन भित्र प्रत्येक बटनमा २ वटा सुनका रिङ्लाई फिट गरेर लुकाई छिपाई ल्याइएको अवस्थामा निजलाई नियन्त्रणमा लिइएको बताए । 

त्यसरी ल्याइएको कूल सुनको प्रचलित बजार मूल्य करिब ३५ लाख रुपैयाँ रहेको छ । ती यात्रु एक्लैले सुन तस्करी गरेको वा अन्यको संलग्नता समेत रहेको बारे अहिले अनुसन्धान भइरहेको भन्सार कार्यालयले जनाएको छ । हाल भारतीय यात्रु नेपाल प्रहरीको हिरासतमा छन् । कसुर प्रमाणित भएमा नियन्त्रणमा लिइएको सुन जफत हुनुको साथै निजलाई बिगो बमोजिमको ३५ लाख रुपैयाँ नै जरिवाना र ३ महिनासम्म कैद सजाय हुन सक्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप