शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

चीनको चेतावनीबीच ताइवान पुगिन् पेलोसी

मङ्गलबार, १७ साउन २०७९, २१ : २१
मङ्गलबार, १७ साउन २०७९

अमेरिकाकी सभामुख न्यान्सी पेलोसी मंगलबार साँझ ताइवान पुगेकी छन् । चीनको चेतावनी बीच पेलोसी ताइवान पुगेकी हुन् । पछिल्लो २५ वर्षमा ताइवान पुग्ने उनी पहिलो शीर्ष अमेरिकी राजनीतिज्ञ बनेकी छन् ।

अमेरिकाको तल्लो सदनकी सभामुख पेलोसी अमेरिकाको सरकारी वरियतामा तेस्रो स्थानमा पर्छिन् । लामो समयदेखि मानव अधिकारको पक्षमा वकालत गर्दै आएकी पेलोसी चीनको मानव अधिकारको रेकर्डको कटु आलोचक हुन् । चीनले सुरुदेखि नै पेलोसीको भ्रमणको विरोध गर्दै आएको छ र मंगलबार नै भ्रमण गरे ‘अमेरिकाले ठूलो मूल्य चुकाउने’ धम्की दोहोर्‍याएको छ । 

स्वशासित टापु मुलुक ताइवानलाई चीनले आफ्नो भूमि भएको दाबी गर्दै आएको छ, जसलाई चीनले छुटिएर रहेको प्रान्त मान्छ । चीनको विदेश मन्त्रालयकी प्रवक्ता हुवा चुन्यिङले चीन पेलोसीको भ्रमणको संवेदनशीलतालाई लिएर अमेरिकासँग निरन्तर संवादमा रहेको बताइन् । साथै उनले ‘चेतावनीको बाबजुद अमेरिकाले चीनको सार्वभौम सुरक्षा चाखलाई असर पुर्‍याए गम्भीर परिणाम भोग्नुपर्ने’ चुन्यिङले दिइन् । 

मंगलबार चीनले ताइवान र मूलभूमि चीनलाई छुट्याउने अनौपचारिक विभाजन रेखासम्म लडाकु विमान उडाएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप