धनगढीको नवजीवनमा डायलाइसिस सेवा सञ्चालन
सुदूरपश्चिम प्रदेशमा पहिलोपटक धनगढीस्थित नवजीवन अस्पतालमा डायलाइसिस सेवा सुरु भएको छ । मार्क इन्टरनेशनल किड्नी सेन्टर र नवजीवन अस्पतालको सहकार्यमा आजदेखि उक्त सेवा सञ्चालनमा आएको हो ।
सुदूरपश्चिमका मिर्गौला बिरामीको सहजताका लागि करिब रु पाँच करोडको लागतमा डायलासिस सेवा सञ्चालन गरिएको नवजीवन अस्पतालका प्रमुख कार्यकारी निर्देशक चक्र कठायतले जानकारी दिए । पहिलो चरणमा १० शैय्याबाट उक्त सेवा सञ्चालन गरिएको हो ।
“एक महिनामा एक सय २० देखि एक सय ५० बिरामीलाई डायलाइसिस सेवा दिने लक्ष्य छ”, उनले भने । एक पटक डायलासिस गरेको रु तीन हजारदेखि रु चार हजारसम्म खर्च लाग्ने डा अर्चनकुमार राणाले बताए । यसअघि सुदूरपश्चिमका मिर्गौला बिरामीले डायलाइसिस सेवाका लागि सेती प्रादेशिक अस्पतालमा लामो समयसम्म पालो कुर्नुपर्ने तथा काठमाडौंसम्म धाउनुपर्ने बाध्यता थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी