कर्पोरेट पाहुनाको लागि सुबिधा थप्दै आइएमई ग्रुपको ‘द लेकसाइड रिट्रिट’
आइएमई ग्रुप अन्तर्गतको बेस्ट रिसोर्ट नेपाल प्रालिले सन्चालन गरेको पोखराको ‘द लेकसाइड रिट्रिट’ले आफ्ना कर्पोरेट पाहुनालाई लक्षित गर्दै नयाँ सुबिधा थप गरेको छ ।
सुबिधा सम्पन्न ४ वटा प्रिमियम कटेजसहित ४० वटा कोठा भएको रिसोर्टमा २०० जना क्षमताको सेमिनार हल, स्विमिङपुल, बार, १५ जना क्षमताको क्लोज मिटिङ हल लगायतका सुबिधा थपिएको रिसोर्टका अपरेसन म्यानेजर मनमोहन रिमालले बताए ।
पहिले नै स्विमिङपुल, स्पा लगायतका सुबिधा प्रदान गरिरहेको रिसोर्टमा कर्पोरेट क्षेत्रलाई प्राथमिकतामा राखि काम गरिएको र अन्य आवश्यक पर्ने सेवाहरू पनि थप्ने क्रममा रहेको रिमालले बताए । हरियालीसहित करिब ९ रोपनीमा रहेको रिसोर्ट प्रकृतिक, शान्त वातावरणमा रहेको हुँदा मिटिङ, सेमिनार र रिफ्रेसमेन्टका लागि निकै लाभदायी हुने उनको भनाइ छ ।
आइएमई ग्रुप अन्तर्गतको बेस्ट रिसोर्ट नेपाल प्रालिले हस्पिट्यालिटी चेनको रुपमा नेपालका विभिन्न ठाउँमा छिट्टै नयाँ होटल तथा रिसोर्टहरु सन्चालनको तयारीमा समेत गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप ल्याइयो
-
जाजरकोटमा भूकम्पबाट क्षतिग्रस्त ४२ वटा स्वास्थ्य संस्था र विद्यालय पुनर्निर्माण गर्दै प्रदेश सरकार
-
सुपर–४ चरणमा आज श्रीलङ्कासँग भिड्दै नेपाल
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)