विद्युतको समस्या समाधान गर्न मुख्यमन्त्री भट्टको निर्देशन

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले डोटीमा देखिएको विद्युत्को समस्या तत्काल समाधान गर्न निर्देशन दिएका छन् । मुख्यमन्त्री भट्टलाई यहाँका नागरिकले आज दिपायल राजपुरमा भेट गरी डोटीमा दैनिक विद्युत् अनियमितता भइरहेको गुनासो गरेपछि नेपाल विद्युत् कार्यालय डोटी वितरण केन्द्रका प्रमुख राजेन्द्रलाल देवलाई मुख्यमन्त्री भट्टले विद्युत्को समस्या छिटोभन्दा छिटो समाधान गर्न निर्देशन दिएका थिए ।
मुख्यमन्त्री भट्टले प्रमुख देवलाई विद्युत् अनियमितताको समस्या तत्काल समाधान गर्न र जटिल खालका समस्या भए प्रदेश कार्यालयमा लेखी पठाउन निर्देशन दिएको मुख्यमन्त्री भट्टका स्वकीय सचिव सिवसिंह ओलीले जानकारी दिए । उनले समग्र जिल्लाको विद्युतीय प्रशारणको अवस्था, विद्युत्को केन्द्रीय लाइन विस्तारको अवस्थाका बारेमा पनि जानकारी लिएका थिए ।
मुख्यमन्त्री भट्टले डोटीमा विद्युत् विस्तार हुन नसकेका पालिकामा तत्काल विद्युत्को लाइन विस्तारका लागि पहल थाल्नुपर्नेमा जोड दिए । विद्युत् सेवा प्राप्त गरेका सेवाग्राहीले विद्युत्को मासिक शुल्क तिर्न मासिक शुल्क रकमभन्दा बढी रकम यातायातमा नै खर्च गर्नुपर्ने अवस्थाको विषयमा पनि सेवाग्राहीलाई सहज हुने गरी गाउँमै रकम बुझाउने गरी आवश्यक व्यवस्था मिलाउन भनेका छन् । डोटीमा विद्युतमा हुँदै आएको अनियमितता तथा अन्य समस्याका विषयमा समाधान गरीने विद्युत् कार्यालयका प्रमुख देवले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नीति तथा कार्यक्रमबारे प्रभु साहको टिप्पणी : यो त डायबिटिजको बिरामीलाई मिठाई खुवाएजस्तै हो
-
कुलिङ पिरियडको अवधि र सेवाको उमेर हदमा देखिएको मतान्तरलाई सहमतिबाट टुङ्ग्याउँछौँ : गृहमन्त्री लेखक
-
अक्षतराज पौडेलको नाममा लेखियो सबैभन्दा कम उमेरमा मादल बजाउने कीर्तिमान
-
युवाका मुद्दा समेट्न नसक्ने नेतृत्वले विकास र समृद्धिको दिशा निर्देश गर्न सक्दैन : मुख्यमन्त्री लामा
-
चार वर्षमा सकिनु पर्ने ‘फास्ट ट्र्याक’को काम आठ वर्षमा बल्ल ४० प्रतिशत
-
विभिन्न माग राखी कर्मचारीले बुझाए समितिमा हस्ताक्षर