भारतबाट फर्किएका २४ जनामा कोरोना सङ्क्रमण

भारतबाट फर्किएका २४ जनामा कोरोना सङ्क्रमण देखा परेको छ । सुदूरपश्चिम प्रदेशमा आज ५० जनामा सङ्क्रमण पुष्टि हुँदा २४ जना भारतबाट फर्किएका रहेका सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । गएको २४ घण्टामा प्रदेशभर एन्टीजेन र पिसिआर गरी ६८९ को परीक्षण गरिएको हो ।
मङ्गलबार गड्डाचौकी नाकाबाट फर्किएका १९, गौरीफन्टाबाट तीन र झुलाघाट नाकाबाट फर्किएका दुई जनामा सङ्क्रमण देखिएको हो । यस्तै कैलालीमा ११ र कञ्चनपुरमा थप १५ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
यस प्रदेशका भारतसँग सीमा जोडिएका नाकामै कोरोना परीक्षण कार्य जारी रहेको हो । सीमा नाकामा हेल्थ डेस्क स्थापना गरेर भारतबाट भित्रिने सबैको एन्टीजेन विधिमार्फत कोरोना परीक्षण भइरहेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । सुदूरपश्चिममा हालसम्म पाँच लाख ६० हजार ३०३ को कोरोना परीक्षण गरिएकोमा ६० हजार १७ मा सङ्क्रमण देखिएको छ । सङ्क्रमणका कारण हालसम्म ६३३ को ज्यान गइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केही भएन भनेर भ्रम फिँजाउनेहरू नेपाल विरोधी वर्ग हुन् : मन्त्री खड्का
-
भारत र पाकिस्तानबिच तनाव : चर्चामा चीनको ‘जे–१० सी’
-
पनौतीमा बाढीमा बगेकी महिलाको खोजी कार्य जारी
-
प्रतिनिधिसभाको पाक्षिक क्यालेन्डर तय, ८ दिन बैठक बस्ने
-
पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको चोरमारा पुल भाँचिदा यातायात अवरुद्ध
-
‘अन्यायविरुद्ध रेखा सधैँ उभिन्छे’