त्रिभुवन राजपथबाट रात्रि सेवाको बस सञ्चालनमा रोक
लगातार परेको वर्षासँगै आएको पहिराका कारण चितवन–मुग्लिन सडकखण्ड अवरुद्ध भएपछि पूर्वबाट काठमाडौंतर्फ जाने रात्रि सेवाको बसलाई त्रिभुवन राजपथबाट काठमाडौंतर्फ जान अनुमति नदिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
राजपथको मोड साँघुरो भएका कारण यात्रुको सुरक्षालाई मध्यनजर गर्दै मुग्लिन सडक सञ्चालनमा नआएसम्म हेटौँडामा नै प्रतिक्षा लाममा राख्ने व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
उनले पूर्व र पश्चिमबाट दिवा सेवामा आएका बसलाई आवश्यकता हेरी करिब ३५ बस त्रिभुवन राजपथ हुँदै काठमाडौंतर्फ जान अनुमति दिएको बताए । प्रवक्ता कार्कीले धादिङको नौबिसेको प्रहरीले काठमाडौंबाट आज बिहान पूर्व र पश्चिमतर्फ जान छुटेका बसलाई त्रिभुवन राजपथबाट यातायात सञ्चालनमा आउन निषेध गरिएको र काठमाडौंबाट आएको मिनी ट्रक, ट्रक, पालुङबाट हेटौँडा आउने सवारी साधनलाई मात्रै सञ्चालन ल्याउन अनुमति दिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीले विपक्षी दलको नेता बोल्दा सदनमा उपस्थित हुने परम्परा तोड्नुभयो : आङ्देम्बे (पूर्णपाठ)
-
के छ शिक्षा नियमावली १०औँ संशोधनमा ?
-
सुशासन, पारदर्शिता र जबाफदेही सरकार नै आजको आवश्यकता
-
इरानका नयाँ नेतृत्वलाई इजरायली रक्षामन्त्रीको यस्तो चेतावनी
-
गाउँपालिका अध्यक्षले कमाए साढे ३ करोड बराबरको अकूत सम्पत्ति, बुवा-आमा र दुई श्रीमतीविरुद्ध पनि मुद्दा
-
बिहान उठ्नेबित्तिकै तातो पानी पिउने बानी छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण