आगामी निर्वाचनमा ठूलो मन बनाएर सिट बाँडफाँड गर्नुपर्छ : नेता पाण्डे
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का नेता सोमप्रसाद पाण्डेले गठबन्धनमा आगामी निर्वाचनमा ठूलो मन बनाएर सिट बाँडफाँड गर्नुपर्ने बताएका छन् । मंगलवार संसद भवन बाहिर सञ्चारकर्मीहरूसँग बोल्दै नेता पाण्डेले यस्तो बताएका हुन् ।
उनले स्थानीय निर्वाचनमा सत्ता गठबन्धनमा कतै काँग्रेसको भन्दा समाजवादी र कतै माओवादीको पल्लाभारी भएर मिश्रित नतिजा आएकाले सिट बाँडफाँडमा समस्या नहुने बताए । नेता पाण्डेले स्थानीय तहको निर्वाचनमा समाजवादीको हैसियत छैन भनेर काँग्रेस र माओवादीले सिट दिन हिच्किचाए पनि आगामी निर्वाचनको लागि हैसियत बनाएको बताए । उनले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माधव नेपालको भूमिका र स्थानीय तहमा समाजवादीले ल्याएको मतको आधारलाई हेरेर आगामी निर्वाचनमा सिट बाँडफाँड हुने दाबी गरे ।
त्यस्तै,नेकपा (माओवादी केन्द्र) का नेता हरिबोल गजुरेलले प्रतिनिधिसभालाई निर्वाचनका दिनसम्म जारी राख्ने विषयमा छलफल भइरहेकाले निर्वाचन घोषणा गर्नै ढिला भएको बताए । उनले अहिले गठबन्धनमा संसद जारी राख्ने विषयमा छलफल भइरहेको तर निर्वाचन मंसिरमा गर्ने सहमति भएको बताए । उनले आगामी निर्वाचनमा समाजवादी केन्द्र बनाउने विषयमा हल्ला मात्रै भएको पनि बताए ।
त्यस्तै नेकपा एमालेका सांसद कृष्णभक्त पोखरेलले संसदीय समिति असफल नभएको बताए । उनले संसदीय समितिमा विषयगत छलफलमा करिव एक महिनामा सम्बन्धित विषयमा सबैसँग छलफल गरी पास गर्ने काम गरेको बताए । सांसद पोखरेलले संविधानले मन्त्री, प्रधानमन्त्री समितिप्रति उत्तरदायी हुनुपर्ने बताएपनि त्यस्तो नभएको बताए ।
त्यस्तै नेकपा एमालेका सांसद विशाल भट्टराईले सांसदको कार्यकाल कति रहने भन्ने नयाँ कानून नबनेकाले आगामी निर्वाचनको उम्मेदवारी दर्ता गर्ने दिनसम्म कार्यकाल रहने बताए । उनले एमाले कसैको वैशाखी नटेकी आफ्नै खुट्टामा उभिएर सशक्त रुपमा चुनाव लड्ने बताए । उनले कसैले एमालेको चुनाव चिन्हमा मिलेर लड्ने कुनै पार्टी आए त्यसलाई स्वीकार गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहसचिव दरबन्दी भएको डडेल्धुरामा फेरि उपसचिव नै सीडीओ, वली पुनः सहायक भूमिकामा
-
प्रदेश सभा खारेजी र प्रदेश सरकार पुनर्संरचनाको बहसमा के भन्छन् कर्णालीका नेता ?
-
अनधिकृत रूपमा घुम्ती व्यापार गर्न नपाइने
-
प्रदेश सभाबिनाको सङ्घीयता कल्पना गर्न सकिँदैन : पूर्वमुख्यमन्त्री शाही
-
लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन र राजस्व दुवै घट्यो
-
प्रदेश सभा खारेज गर्दैमा सङ्घीयता खारेज भयो भन्न मिल्दैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण