मास्केद्वारा भलिबल संघको अध्यक्षमा उम्मेदवारी घोषणा
भदौ २२ गते हुने नेपाल भलिबल संघको निर्वाचनका लागि उपाध्यक्ष निरोज मास्केले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । मास्केले मंगलवार एक कार्यक्रमबीच चुनावी प्रतिवद्धतासहित औपचारिक रुपमा उम्मेदवारी घोषणा गरेकी हुन् ।
वर्तमान कार्यसमितिमा उपाध्यक्ष रहेकी मास्केले नेपाली भलिबलको सुशासन, जनसहभागिता र व्यावसायिकता आजको आवश्यकता भन्ने नारासहित अध्यक्ष पदको लागि उम्मेदवारी दिने बताइन् । मास्केले भलिबललाई बिस्तार र विकास गर्दै राष्ट्रिय रुपमा व्यापकता दिने एकमात्र लक्ष्य रहेको बताइन् ।
मास्केले नेपाल भलिबल संघमा केन्द्रीय कार्यसमिति सदस्यको रुपमा प्रवेश गरेलगत्तै पहिलो महिला कमिसनको संयोजकको जिम्मेवारी वहन गरेको अनुभव छ । भलिबलमा महिला कमिसन संयोजक रहेकी मास्केले पहिलो संस्करणको भलिबल पनि सम्पन्न गरेकी छन् । संघका पूर्वअध्यक्ष दानबहादुर तामाङले मास्केको आगामी एजेण्डाले भलिबललाई विकास गर्नसक्ने बताउँदै समर्थन दिन आग्रह गरिन् ।
मास्केले ग्रासरुट, विद्यालय, युथ र सिनियर गरी विभिन्न तहको भलिबल टिमको निर्माण गर्ने, विद्यालय पालिका, जिल्ला, प्रदेश र केन्द्रिय स्तरमा नियमित प्रतियोगिताको आयोजना गर्ने, लिग भलिबललाई प्रदेशसम्म लैजाने तथा केन्द्रमा भलिबलको आफ्नै कभर्डहल र सातै प्रदेशमा भलिबलको पूर्वाधार र एकेडेमी निर्माण गर्ने एजेण्डालाई अगाडि सारेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपालक्षित शंकर पोखरेलको टिप्पणी : अति सर्वत्र वर्जयेत्
-
प्रशिक्षकलाई रातो कार्ड, गोलरक्षकको अनुहारमा विपक्षीको बुट र पीएसजीको जित !
-
मेलम्चीको पानी वितरणका लागि बिच्छाइएका पाइपलाइनको काम छिटो सम्पन्न गर्न निर्देशन
-
रवि हिरासतमा सुतिरहेको भाइरल तस्बिर रास्वपा समर्थकले नै खिचेको खुलासा
-
चार बजे मन्त्रिपरिषद् बैठक
-
‘घुम्न जाऊँ बर्दिया’अभियान उद्घाटन