बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

आरक्षण सीट लागु नगर्ने यात्रुबाहक सार्बजनिक बस कारबाहीमा

मङ्गलबार, १७ साउन २०७९, १८ : १५
मङ्गलबार, १७ साउन २०७९

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आरक्षण सीट लागु भए/ नभएको अनुगमन गर्न थालेको छ । उपत्यकाको विभिन्न स्थानहरुमा गरेको विशेष अभियान अन्तर्गत सादा पोसाकमा खटिएका ट्राफिक प्रहरीले सार्वजनिक सवारीमा  आरक्षण सीट लागु नगर्ने १९ वटा सार्वजनिक बसलाई कारवाही गरेको छ ।

जस अन्तर्गत उपत्यका बाहिर चल्ने ४ वटा यात्रुवाहक बस, उपत्यकामा चल्ने १४ वटा यात्रुवाहक बस र १ वटा माइक्रो बसलाई नियम बमोजिम कारवाही गरेको प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए । 
उक्त चेकजाँच अभियानलाई  निरन्तर  सञ्चालन गरिने पनि उनले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप