बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

मन्त्री र सचिवलाई प्रभावकारी कार्यसम्पादन गर्न प्रधानमन्त्री देउवाको निर्देशन

मङ्गलबार, १७ साउन २०७९, १८ : ०९
मङ्गलबार, १७ साउन २०७९

प्रधानमन्त्री शेरबहादुर देउवाले वार्षिक बजेट र कार्यक्रम कार्यान्वयनलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् । मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा मन्त्री र सचिवहरूको संयुक्त बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो निर्देशन दिएका हुन् । 

प्रधानमन्त्री देउवाले वार्षिक बजेट तथा कार्यक्रम कार्यान्वयनको अवस्था र कार्ययोजनाको जानकारी लिँदै प्रभावकारी कार्यसम्पादन गर्न निर्देशन दिएको उनका प्रेस प्रमुख गोविन्द परियारले बताए । बैठकमा सरकारको एक वर्षे काम कारबाहीबारे समीक्षा समेत भएको छ । गत वर्ष असार २९ मा सरकारको नेतृत्व सम्हालेका देउवाले योबीचमा भएका काम कारबाहीको बिफ्रिङ पनि लिएका थिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप