शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेपालबाट १२ करोडको स्यानिटरी प्याड र डाइपर निर्यात

मङ्गलबार, १७ साउन २०७९, १७ : ५५
मङ्गलबार, १७ साउन २०७९

गत आर्थिक वर्ष २०७८/७९ मा नेपालबाट १२ करोड रुपैयाँ बराबरको स्यानिटरी प्याड र डाइपर निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार गत वर्षभरिमा उक्त मूल्य बराबरको प्याड र डाइपर निर्यात भएको हो ।

जसमध्ये ३ करोड ५१ लाख रुपैयाँ बराबरको १ करोड १९ लाख ३० हजार वटा प्याड निर्यात भएको देखिएको छ । यस्तै, उक्त अवधिमा ८ करोड ६१ लाख रुपैयाँ बराबरको १ करोड १३ लाख ५७ हजार वटा डाइपर निर्यात भएको छ ।

नेपालबाट निर्यात हुने स्यानिटरी प्याड भारत र बंगलादेशमा जाने गरेको छ । जसमध्ये भारतमा ३ करोड ५१ लाखको निर्यात भएको छ भने बंगलादेशमा १८ हजार रुपैयाँको निर्यात भएको छ । यस्तै, डाइपरको निर्यात गन्तव्य भने शतप्रतिशत भारत रहेको देखिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप