मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

सर्ट फिल्म फेस्टामा ‘आमा’ उत्कृष्ट

मङ्गलबार, १७ साउन २०७९, १७ : ३१
मङ्गलबार, १७ साउन २०७९

हिमाल उप्रेती निर्देशित ‘आमा’ उत्कृष्ट फिल्म घोषित भएको छ । ‘छैटौँ काठमाडौं सर्टफिल्म फेष्टा २०७९’ मा ‘आमा’ बाट निर्माता भुपेन्द्र कुमार खड्काले उत्कृष्ट चलचित्रको अवार्ड हासिल गरेका हुन् । छायाछवि क्रियसनले मंगलबार काठमाडौंको मैतिदेवीमा आयोजना गरेको कार्यक्रममा उत्कृष्ट निर्देशक अवार्ड फिल्म ‘पैसा’ बाट रमेश कोइरालाले प्राप्त गरे ।
यस्तै लघु चलचित्र ‘लड डाउनको पीडा’ बाट विष्णु प्रसाद काप्री (मुस्कान)ले उत्कृष्ट अभिनेताको अवार्ड चुमे । सो सर्ट फिल्म फेस्टामा ‘द डटर’ सरिता भारतीले अभिनेत्रीतर्फ क्रिटिक्स अवार्ड जितन् । सो क्रममा ‘पैसा’ बाट सुनिला इन्करेजमेन्ट अवार्ड प्राप्त गरिन् । 

फेष्टाका विजेतालाई बागमती प्रदेशका सांसद लक्ष्मण लम्साल, कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, चलचित्र संघका उपाध्यक्ष गोपालकाजी कायस्था, चलचित्र कलाकार संघका उपध्यक्ष तथा वरिष्ठ कलाकार मोहन निरौला लगायतले अवार्ड तथा प्रमाण पत्र प्रदान गरेका थिए ।

काठमाडौं सर्ट फिल्म फेस्टाको निर्णायकमा गजित बिष्ट (अभिनेता), कुबेर गिरी (पत्रकार), हेरुका लामा ( मोडल), सुशीला थापा (मोडल), सागर घिसिङ (अभिनेता), आयुव केसी (अभिनेता), सुदीप क्षेष्ठ (मोडल) रहेका थिए । 
बागमती प्रदेशका प्रदेश सांसद लक्ष्मण लम्सासले नेपाली चलचित्र क्षेत्रमा लगातार दुई दशकभन्दा बढी योगदान दिने कलाकारलाई राज्यले विधावारिधिबाट सम्मान गर्नुपर्ने धारणा कार्यक्रममा राखे । 

कार्यक्रममा चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, उपाध्यक्ष मोहन निरौला लगायतले कलाक्षेत्रको विषयमा धारणा राखेका थिए । यो फेस्टाले नेपालमा लघु चलचित्रको विकाशमा टेवा पु¥याउने गरेको उनले बताए । 

आयोजक तथा कार्यक्रमका सभापति छायाछवि क्रियसनका अध्यक्ष शान्तिप्रियले छोटा फिल्मले पनि प्रथामिकता पाउनुपर्ने र त्यसले पनि समाजमा राम्रो प्रभाव पार्नसक्छ भन्ने सन्देश दिँदै त्यसका स्रष्टालाई सम्मान तथा प्रोत्साहनका लागि नियमित रुपमा आफूले काठमाडौं सर्टफिल्म फेष्टा आयोजना गर्दै आएको बताए ।

सो कार्यक्रममा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, उपाध्यक्ष मोहन निरौला, नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, नेपाल चलचित्र संघका उपाध्यक्ष गोपालकाजी कायस्थ, काभ्रेकी महिला नेतृ लक्ष्मी दनुवारलगायतले अवार्ड बिजेतालाई बधाई सहित फेस्टाले नेपालमा लघू चलचित्रको विकाशमा योगदान दिएको बताए ।

राममणि ढकालको संयोजनमा भएको काठमाडौं सर्ट फिल्म फेस्टा २०७९ मा साप्ताहिक पत्रिका ‘हेराल्ड खबर’ को विमोचन समेत गरिएको थियो । समिर लामा प्रकाशक रहेको पत्रिकाको सम्पादक शान्ति प्रिय हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप