मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

टाटा मोटर्सले बेच्यो एकै महिना ४७ हजार ५०५ युनिट गाडी, हालसम्मकै उच्च

मङ्गलबार, १७ साउन २०७९, १६ : १८
मङ्गलबार, १७ साउन २०७९

टाटा मोटर्सले एक महिना साढे ४७ हजार युनिट गाडी बिक्री गरेको छ । कम्पनीले जुलाई, २०२२ मा ४७ हजार ५०५ युनिट गाडी बिक्री गर्न सफल भएको हो । जुन हालसम्मकै उच्च बिक्री रहेको कम्पनीले बताएको छ । अघिल्लो वर्षको यसै महिना कम्पनीले ३० हजार १८४ युनिट गाडी विक्री गरेको थियो । तुलनात्मक रुपमा यो वर्ष कम्पनीले ५७ प्रतिशतले बिक्री बढाएको हो ।

नेक्सन एसयुभी टाटा मोटर्सको सबैभन्दा बढी बिक्री हुने मोडेल हो र यो सम्पूर्ण गाडी उद्योगको सबैभन्दा वढी बिक्रि हुने ५ गाडीहरुमध्ये एक पनि हो । यस एसयुभीको अलावा पन्च र एल्ट्रोजको बजार विक्री अवस्था पनि निरन्तर रुपमा उत्साहजनक बन्दै गएको कम्पनीले बताएको छ । परिणामस्वरुप टाटाका गाडीहरूको कुल बिक्रीमा प्रत्येक महिना नयाँ/ नयाँ रेकर्ड कायम भइरहेको कम्पनीले बताएको छ ।

गत महिना ५ हजार ४३३ वटा टाटा टिगोरको (कम्प्याक्ट सेडान) बिक्रि भएको थियो । यो मासिक बिक्रि संख्या सन् २०१७ को मार्च महिनामा बजारमा सार्वजनिक भएपछिको सबैभन्दा उच्च बिक्री रहेको कम्पनीले बताएको छ ।
टाटा नेक्सन, टियागो र टिगोरको संरचनामा सन् २०२० को सुरुवातमा परिमार्जन भए पश्चात यी तीन वटै गाडीहरुको बिक्री परिमाणमा ठूलो वृद्धि भएको कम्पनीले जनाएको छ । 

गत वर्षको जुलाई महिनाको तुलनामा यस वर्ष सोही महिनामा नेक्सनको बिक्रीमा १०५ प्रतिशतले वृद्धि भएको छ । यसरी टाटा ब्राण्डका गाडीहरुको कूल बिक्रीदरमा ६४ प्रतिशतले बजार हिस्सा ओगटेको कम्पनीको दाबी छ ।
सन् २०२१ को अन्तिमतिर बजारमा ल्याइएको पन्च माइक्रो एसयुभीको बिक्री दर पनि गत महिना सबैभन्दा उच्च रहेको छ । सुरक्षाको लागि उपाधि प्राप्त यो पाँच सिट क्षमताको गाडी अल्फा प्लेटफर्म मा आधारित दोस्रो मोडल हो । गत महिना ११ हजार ७ वटा पन्च बिक्री भएको र जसका कारण टाटा मोटर्सले भारतीय चारपाङ्ग्रे बजारको मासिक बिक्री परिमाणमा एक अर्को नयाँ रेकर्ड कायम गर्न सफल भएको कम्पनीले बताएको छ ।

टाटा मोटर्सको नेक्सन ईभी र टिगोर ईभीको गत महिना कूल बिक्री संख्या ४ हजार २२ रहेको छ । यो संख्या कम्पनीको आजसम्मकै विद्युतीय गाडीको क्षेत्रमा सबैभन्दा उच्च हो । आफ्नो विद्युतीय गाडीहरूको बढ्दो लोकप्रियताबाट उत्साहित हुँदै कम्पनीले ठूलो ब्याट्री प्याक र लामो दूरी तय गर्नसक्ने क्षमता भएको नेक्सन ईभी म्याक्स बजारमा ल्याएको समेत कम्पनीले बताएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप