राजापाक्षको बचाउमा उत्रिए श्रीलंकाका राष्ट्रपति विक्रमासिङ्घे
श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिङ्घेले देशका पूर्वराष्ट्रपति गोताबाया राजापाक्ष बचाउ गरेका छन् । धेरै श्रीलंकनले गोटाबायालाई देश फिर्ता गर्नुपर्ने माग गरिरहेका बेला विक्रमासिङ्घेले भने गोटबाया स्वदेश फर्काउने उपयुक्त समय अहिले नभएको बताएका छन् ।
‘पूर्वराष्ट्रपति श्रीलंका फर्किएमा फेरि आन्दोलन चर्किने निश्चित छ । देशमा फेरि आगो बल्न सक्छ ,’ विक्रमासिङघेले भने । मे महिनादेखि लाखौं श्रीलकालीहरु राजापाक्ष परिवारको राजनीतिक अधिपत्यको विरोधमा सडकमा उत्रिएका थिए । त्यसपछि गोटाबायाका दाई महिन्दा राजापाक्षेले प्रधानमन्त्री पद त्यागेर देश छाडेका थिए ।
जुलाई १३ विशाल प्रदर्शनपछि गोटाबाया पनि माल्दिभ्स हुँदै सिंगापुर भागेका थिए । राजापाक्षको बहिरगमनपछि पहिले अन्तरिम राष्ट्रपति र हाल राष्ट्रपति बनेका रनिल विक्रमासिङ्घेलाई प्रदर्शनकारीले राजापाक्षे परिवारको मित्र भएको आरोप लगाइरहेका छन् ।
कुरामा सुधार आउन समय लाग्नेछ
श्रीलंकाको अखबार ‘डेली मिरर’का अनुसार राष्ट्रपति विक्रमासिङ्घेले सेना र प्रहरीले ठूलो प्रयासपछि कायम भएको शान्ति नबिथोलियोस् भन्ने चाहेको बताएको लेखेको छ । यही कारणले गर्दा उनी गोटाबाया वा उनको परिवार स्वदेश फर्काउन चाहँदैनन् ।
‘परिस्थिति पुरै नियन्त्रणमा आईसकेको छैन । यस अवस्थामा गोटाबाया स्वदेश फर्किए भने फेरि सडकमा हिंसा भड्किन्छ, आगो बाल्छ । गोटाबाया स्वयम् पनि स्वदेश फर्किन चाहन्छन् भन्ने पनि मलाई लाग्दैन ,’ विक्रमासिङ्घेले भने ।
रनिल दुवै पक्षबाट लाभ उठाउँदै
केही राजनीतिक विश्लेषकहरुले विक्रमासिङ्गे विगतमा देशमा अधिपत्य जमाएका राजापाक्षे बन्दुका मित्र भएको र उनीहरुका लागि काम गरिरहेका बताइरहेका छन् । यही कारणले उनले सपथ लिनेबित्तिकै कोलम्बोलगायत देशका धेरै सहरमा विरोध प्रदर्शन सुरु भएको थियो ।
सेनाले कडाईपछि आन्दोलन थामिएको छ । राष्ट्रपतिले अबको केही महिनाभित्रै मुलुकको अवस्था धेरै हदसम्म सुध्रने वाचा गरेका छन् । ‘हामीले आईएमएफसँग कर्मचारी तहको सम्झौता गरेका छौं । चाँडै हामी हामीले रकम पाउन थाल्नेछौँ । हामीहरू सहयोग गर्न सक्ने केही देशको सम्पर्कमा समेत छौं ,’ विक्रमासिङ्ले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिविको जग्गा छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई शिक्षा समितिको निर्देशन
-
स्वास्थ्य बिमामा आबद्ध कसरी हुने ?
-
सोहेल र सन्तोषको शानदार ब्याटिङ, नेपालद्वारा २ सय ९८ रनको विशाल लक्ष्य प्रस्तुत
-
आफ्नो ड्रिम प्रोजेक्ट ‘महाभारत’ बनाउन किर डराउँछन् आमिर ?
-
हरेक दिन थोरै वाइन पिउनु मुटुको लागि स्वस्थकर : अध्ययन
-
केही लागेन चितवन राइनोजको, कर्णाली याक्स क्वालिफायरमा