काँग्रेसले मति परिवर्तन गरेको छैन : ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भिमदत्त पन्तका समयदेखि अहिलेसम्म काँग्रेसको मति परिवर्तन नभएको बताएका छन् । २५ औं तुलसीलाल अमात्य स्मृति तथा सहिद भिमदत्त पन्तको ६९ औं स्मृति दिवसका अवसरमा मंगलबार आयोजित कार्यक्रममा बोल्दै ओलीले लोकतन्त्र र जनताको अधिकारको पक्षमा आवाज उठाउने पन्तलाई काँग्रेसले हत्या गरेको भन्दै विरोध गरेका हुन् ।
आजपनि एउटा देशभक्त,शान्तिपुर्ण रुपमा जनतालाई गोलबन्द गरेर अधिकारको पक्षमा आवाज उठाइरहेको देशभक्तको हत्या गराउने अलोकतान्त्रिक तानाशाही काँग्रेसको विरोध र निन्दा गर्छु’, ओलीले भने, ‘त्यसबेलादेखि अहिलेसम्म काँग्रेसले मति परिवर्तन गरेको छैन । ’
जनताको पक्षमा लडेको नेपालीलाई विदेशी सेना ल्याएर मार्न काँग्रेस नेतृत्वको सरकारले गरेको ओलीको भनाइ छ । उनले आफू पहिलो पल्ट प्रधानमन्त्री हुँदा थुप्रैमध्ये भिमदत्त पन्तलगायतका सहिदलाई सहिदको सम्मान दिने निर्णय गराएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रीलंकाको जेलमा झडप, कम्तीमा २० जनाको मृत्यु
-
इंग्ल्यान्डका प्रशिक्षकले भनेः गतिला भएनन् विश्वकपका रेफ्री
-
अपमानित गरेको भिडिओ सार्वजनिक भएपछि बालिकाद्वारा आत्महत्या
-
हात्ती प्रभावित क्षेत्रको अवस्था बुझ्न गृहमन्त्री गुरुङ झापामा
-
स्वास्थ्यसम्बन्धी मौलिक हकको प्रभावकारी कार्यान्वयन गरिने छ : स्वास्थ्य मन्त्री
-
नेप्से परिसूचक २६ अङ्कले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण