आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

वाइसिएल राष्ट्रिय भेलाबाट नयाँ नेतृत्व चयन हुँदै

मङ्गलबार, १७ साउन २०७९, १६ : ०३
मङ्गलबार, १७ साउन २०७९

नेकपा माओवादी केन्द्र निकट योङ कम्युनिस्ट लिग (वाइसिएल)को दोस्रो भेलाबाट नयाँ नेतृत्व चयन हुने भएको छ । आगामी भदौ ३ र ४ गते काठमाडौंमा हुने राष्ट्रिय भेलाबाट अध्यक्षसहित पदाधिकारी चयन गर्ने भएको हो । 

वाइसिएल संयोजक सुमन देवकोटाको उम्मेरहद ४० वर्ष नाघेपछि अध्यक्षसहित नयाँ पदाधिकारी चयन गरिने प्रचार प्रसार विभाग प्रमुख पुष्प ओलीले बताए । ‘यसअघि अधिवेशनबाट संयोजकमा सुमन देवकोटा र सहसंयोजकमा सुवोध श्रीपाली मात्रै चयन हुनुभयो । अरु २३१ केन्द्रीय सदस्य मात्रै बनाइयो ’ ओलीले भने,‘राष्ट्रिय भेलाबाट अध्यक्षसहित पदाधिकारी चयन गर्ने तयारी गरिएको छ ।’  

गत वर्षको भदौमा अध्यक्षसहित पदाधिकारी चयनमा विवाद भएपछि संयोजकमा देवकोटा र सहसंयोजकमा श्रीपाली चयन गरी २३१ केन्द्रीय समिति मात्रै चयन गरिएको थियो । वाइसिएलमा ४० वर्षे उमेर हद भएकाले राष्ट्रिय भेलाबाट देवकोटालाई बिदाई गरी नयाँ नेतृत्वको रुपमा श्रीपाली आउँने भएका हुन । अबको भदौमा हुने भेलाबाट अध्यक्षमा सुवोध शेर्पाली नै चयन हुने भएका छन् । वाइसिएल सहसंयोजकलाई नै अध्यक्ष बनाउने समझदारी भई सकेकाले अरु पदाधिकारी मात्रै चयन गरिने बताएको छ ।  उपाध्यक्ष, महासचिवसहित पदाधिकारी नयाँ आउने भएका छन् । यसअघि वाइसिएलमा २७ पदाधिकारी बनाएपनि अब त्योभन्दा थोरै बनाउने तयारी गरिएको छ । 

काठमाडौंमा हुने राष्ट्रिय भेलमा देशभरबाट एक हजार प्रतिनिधि पर्यवेक्षक सहभागी हुने ओलीले बताए । ‘अहिले प्रदेश, जिल्ला र पालिका भेलागरी राखेका छौं । संगठनलाई चुनावमुखी बनाउन लागेका छौं’ ओलीले भने,‘देशभरबाट आएका प्रतिनिधिले अध्यक्षसहित पदाधिकारी चयन गर्ने छ । त्यसपछि सम्पूर्ण संगठनलाई चुनावमा केन्द्रीत गर्ने छौं ।’  देवकोटा र श्रीपाली दुबै माओवादी केन्द्रका केन्द्रीय सदस्य हुन । माओवादीको विद्यार्थीपछिको ठूलो भातृ संगठन वाइसिएलको राष्ट्रिय भेलालाई महत्वको साथ हेरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप