बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

राष्ट्रपतिले एउटा, प्रधानमन्त्रीले अर्को भन्ने हाँस्य-व्यङ्ग्य ‘शपथ’ नबनाऔं : सांसद महत

मङ्गलबार, १७ साउन २०७९, १५ : ४५
मङ्गलबार, १७ साउन २०७९

सांसद गजेन्द्र बहादुर महतले राष्ट्रपतिले एउटा र प्रधानमन्त्रीले अर्को वाचन गर्ने शपथ नबनाउन आग्रह गरेका छन् । राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त शपथ सम्बन्धि विधेयक २०७९ माथि विचार गरियोस भन्ने प्रस्तावमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद महतले भने–‘सत्तामा रहँदा एउटा शपथ हुन्छ, विपक्षमा रहँदा अर्को शपथ हुन्छ ।

शपथ मान्छेको नैतिकतासँग, व्यवहारसँग पनि सम्बन्धित हुँदो रहेछ । एउटा सम्मानित व्यक्ति हाम्रो प्रधानमन्त्रीले यसअघि शपथ खाने बेला एउटा ठूलो हाँस्यव्यङ्ग्य बन्यो । अब जे शपथ खाने हो त्यही कुरा संसदबाट पास गरौँ । शपथ खुवाउनेले एउटा कुरा र शपथ खानेले अर्को कुरा नभनौँ । जनता भन्ने भएपनि यहीँ लेखौँ, इश्वर भन्ने हो भनेपनि यहीँ लेखौँ । महामहिम राष्ट्रपतिले एउटा भन्नुहुन्छ, प्रधानमन्त्रीले अर्को भन्नुहुन्छ । त्यो पास पनि यहीँबाट गरौँ । नत्र भने हाँस्यब्यङ्ग्यको अवस्था हुन्छ । त्यो बेला टिकटकको बेला हुन्थ्यो भने हेरिनसक्नुको अवस्था हुन्थ्यो होला ।’ उनले शपथ खाने विषयमा हाँस्य व्यङ्ग्यको पात्र नबन्न आग्रह गरे । उनले खुवाउनेले ईश्वरको नाममा भन्ने र खानेले जनताको नाममा भन्ने भएकोले एकरूपताका लागि इश्वर शब्दको साथै जनता राख्नपनि आग्रह गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप