मन्त्री र सचिवहरूबाट बिफ्रिङ लिँदै प्रधानमन्त्री देउवा
मङ्गलबार, १७ साउन २०७९, १५ : ०६
प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री र सचिवहरूबाट सरकारको एक वर्षको काम कारबाहीको बिफ्रिङ लिने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा मंगलबार दिउँसो ३: १५ बजे बस्ने बैठकमा प्रधानमन्त्री देउवाले सरकारका काम कारबाहीबारे बिफ्रिङ लिन लागेका हुन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारका अनुसार सरकारको काम कारबाही चुस्त, प्रभावकारी र जनमुखी बनाउनेबारे सचिवहरूलाई समेत राखेर बैठक बस्न लागेको हो । उनले रातोपाटीलाई भने, ‘ सरकार बनेको एक वर्ष भइसकेको छ । योबीचमा कामहरु के के भइरहेका छन् । त्यसलाई प्रभावकारी र चुस्त बनाउने भन्ने विषयमा छलफल हुन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान’ घोषणा
-
टीयू मैदानमा अझै छ क्रिकेट क्रेज, तस्बिरहरू
-
मुम्बई : यात्रुले भरिएको डुङ्गा समुद्रमा पल्टिँदा दुई जनाको मृत्यु
-
जनजीविका र राष्ट्रिय मुद्दामा समाजवादी मोर्चा निष्प्रभावी
-
उमर खालिदले दिल्लीको अदालतबाट पाए अन्तरिम जमानत
-
‘नेपाल टेलिकमले ५ हजारसम्मको उपहार दिन्छ भन्ने सूचना झुटो’