रासायनिक मल र कोरोना बीमाबारे डिला संग्रौलाद्वारा सरकारको ध्यानाकर्षण
नेपाली काँग्रेसकी सांसद डा. डिला संग्रौलाले किसानले रासायनिक मल नपाएको विषयमा सरकारको ध्यानाकर्षण गराएकी छन् । मंगलबारको प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै संग्रौलाले पटकपटक कृषि मन्त्री आइरहेपनि किसानले अहिलेसम्म रासायनिक मल नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी हुन् ।
असारमा धादिङका किसानहरू आक्रोशित भएर दुई ट्रक रासायनिक मल सडकमै लुट्दा पनि सरकार मौन बसेको उनको भनाइ छ । मल ल्याउन कानुनी समस्या भए सार्वजनिक खरीद ऐन संशोधन गर्न केले रोकेको छ भन्दै संग्रौलाले प्रश्न गरिन् ।
‘के नयाँ चुनाव भएपछि मात्रै संशोधन गर्ने हो ? कि, अरु कुनै कारण छ, जवाफ चाहियो। मलको अभावमा देश भित्रै प्राङ्गारिक मल उत्पादन गर्ने हाम्रो योजना खोइ ? रासायनिक मल उत्पादन गर्ने कारखाना खोल्ने हो भने त्यसको योजना खै ?,’ उनले भनिन् ।
त्यस्तै उनले कोरोना बीमाको रकम अहिलेसम्म भुक्तानी नगरिएको भन्दै यथाशिघ्र भुक्तानी दिने व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेकी छन् । ‘बीमा समितिले जारी गरेको कोरोना बीमा मापदण्डमा दाबी भुक्तानीमा सरकारले पनि दायित्व बहन गर्ने उल्लेख छ । तर, मापदण्डअनुसार आफ्नो हिस्सामा परेको दायित्व भुक्तानी गर्नबाट सरकार पन्छिएको छ । त्यसैले विना ढिलाई एउटा मापदण्ड बनाएर देशभरी भुक्तानी हुन बाँकी रकम तत्काल भुक्तानी गर्ने व्यवस्था गर्न म नेपाल सरकारको ध्यानाकर्षण गर्दछु,’ उनले भनिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्यानयुलाई हराउँदै टोटनह्याम काराबाओ कपको सेमीफाइनलमा
-
इन्टरले गर्यो कोपा इटालियाको राउण्ड अफ् सिक्सटिन
-
इप्पानले धुमधामसँग रजत जयन्ती मनाउने
-
इक्वेडरमा १४ घण्टे लोडसेडिङले जनता सडकमा, उद्योगतर्फको कटौती वर्षभर रहने
-
१५ वर्षमा वैदेशिक रोजगारीमा गएका १४ हजार बढीको मृत्यु
-
न्यायालय र सञ्चारमाध्यम जनविश्वासमा टिकेका संस्था : प्रधानन्यायाधीश राउत