बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

सहकारी महासंघको ९ बुँदे अपिल : सचेत र संयमित भएर मात्र कारोबार गर्न आग्रह

मङ्गलबार, १७ साउन २०७९, १४ : ५५
मङ्गलबार, १७ साउन २०७९

एकपछि अर्को सहकारी संघ संस्थाहरू धमाधम आर्थिक सङ्कटमा फस्न थालेपछि राष्ट्रिय सहकारी महासंघले संयमित हुन र सचेत हुन आग्रह गरेको छ । मंगलबार ९ बुँदे अपिल जारी गर्दै महासंघले तरलता व्यवस्थापन गर्दै जोखिमयुक्त क्षेत्रमा लगानी नगर्न, कर्जा सुरक्षणको व्यवस्थापन गर्न, सहकारी मूल्य मान्यतामा चल्न र राष्ट्रिय सहकारी बैंक, केन्द्रीय, प्रदेश तथा जिल्ला स्तरीय संघहरुले आफ्ना सदस्य संस्थाहरूसँग नियमित सम्पर्क र समन्वय गरी संस्था सञ्चालनमा आवश्यक सहजीकरण गर्न आग्रह गरेको छ । 

कोभिड–१९ महामारी, रुस–युक्रेन युद्धसँगै वस्तु तथा सेवाहरूको मूल्यवृद्धि र मुद्रास्फीतिको असर समग्र अर्थतन्त्रमा पर्न गई बैंक तथा वित्तीय संस्थाहरूमा नै तरलता अभावको समस्या सिर्जना भएको र सोही समस्या सहकारी क्षेत्रमा समेत परेकाले सचेत र संयमित भएर मात्र आर्थिक कारोबार गर्न महासंघले अपिल गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप