बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

पेट्रोलियम पदार्थको मूल्य घटाउन अनेरास्ववियुको माग

मङ्गलबार, १७ साउन २०७९, १४ : ४२
मङ्गलबार, १७ साउन २०७९

अनेरास्ववियुले पेट्रोलियम पदार्थको मूल्य घटाउन माग गरेको छ । भारतीय पेट्रोलियम कर्पोरेसनले पछिल्लो १५ दिनमा दुईपटक गरेर पेट्रोलमा ३२.५६ रुपैयाँ र डिजेलमा २९.१ रुपैयाँ प्रतिलिटर मूल्य घटाएपनि नेपाल आयल निगमले मूल्य नघटाएको भन्दै अनेरास्ववियुले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

यस्तै भारतबाट खाना पकाउने एलपी ग्यासको मूल्य समेत ७७ रुपैयाँ प्रतिसिलिन्डर घटेर आएको छ । तर, आयल निगमले घाटापूर्तिको बाहानाबाजी गर्दै मूल्य नघटाएको अध्यक्ष सुनिता बरालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 
 
विज्ञप्तिमा यथाशीघ्र मुल्य समायोजन नभए आन्दोलनमा उत्रने चेतावनी दिइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप