भारतसँगको महाकाली सन्धि खारेज गर्न प्रेम सुवालको माग
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपाल भारतबीचको महाकाली सन्धि खारेज गर्न माग गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद सुवालले त्यसका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।
उनले भने–‘एकीकृत महाकाली सन्धिमा कतिपय कमजोरिहरु रहेको अहिले पुनः चर्चामा आएको छ । नेपाल मजदुर किसान पार्टीले टनकपुर सन्धिलाई समझदारी भनेर अगाडि बढाएकै बेला देशघात भएको कुरा स्पष्ट रुपमा राखेको हो । सुगौली सन्धि अनुसार महाकाली नदी पारीको भाग मात्र भारतको पर्दछ अर्थात महाकाली नदी सिंगै नेपालको हो । सम्झौतामा महाकाली नदी सिमारेखा लेख्नु कमजोरी र राष्ट्रघात हो । लिम्पियाधुरासहित नेपालको नक्सा बन्नुअघिको महाकाली सन्धि खारेज गरी सिंगो महाकाली नदीमा नेपालको अधिकार कायम गर्न जरुरी छ । यससम्बन्धी कारवाहीका लागि सम्बन्धित मन्त्रीहरुको ध्यानाकर्षण गराउन चाहन्छु ।’
उनले गृहमन्त्री, परराष्ट्रमन्त्री र भूमिसुधार मन्त्रीको ध्यानाकर्षण गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बलरा नगरपालिका–४ का पूर्ववडाध्यक्ष झाको निधन
-
मन्त्री भण्डारी र कोरियाली समकक्षीबिच टीआइपीएफ सम्झौतामा हस्ताक्षर
-
रवि लामिछानेको हिरासतभित्रको तस्बिर सार्वजनिक गर्नेलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन
-
सामाजिक सञ्जालमा देखिने शङ्कास्पद पोस्टहरू क्लिक नगर्न प्रहरीको आग्रह
-
मनाङमा जलविद्युत् आयोजना सम्पन्न गर्न सहजीकरण समिति गठन
-
सिरिया छाड्ने तयारी गर्दैछ रुस ?