बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

युक्रेन युद्ध तेल कम्पनीलाई निक्कै फाइदाजनक: दशकौँ यताका उच्च मुनाफा कमाउँदै

मङ्गलबार, १७ साउन २०७९, १४ : ३६
मङ्गलबार, १७ साउन २०७९

युक्रेन युद्ध विश्वका ठूला तेल कम्पनीहरूको लागि निक्कै फाइदाजनक साबित भएको छ । ब्रिटिस पेट्रोलियम(बीपी)ले यो वर्षको दोस्रो त्रैमासिकमा मात्रै झण्डै ८.५ अर्ब डलर मुनाफा कमाएको मंगलबार कम्पनीले बताएको छ । 

युक्रेनमाथि रुसले आक्रमण गरेपछि तेलको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । यसबाट आम उपभोक्ता प्रभावित भए पनि तेल कम्पनी भने मालामाल भएका छन् । ​फाईनान्सियल टाईम्स स्टक एक्सचेन्ज १०० इन्डेक्समा सूचीकृत बीपीको अप्रिलदेखि जुनबीचको मुनाफा ८.५ अर्ब डलर पुगेको कम्पनीले जारी रिपोर्टमा उल्लेख छ । 

एक वर्षअघि कम्पनीको यस अवधिको मुनाफा २.८ अर्ब डलर थियो । अर्थात् दोस्रो त्रैमासिकमा बीपीको मुनाफा युक्रेन युद्धको कारण झण्डै ती गुणाले बढ्यो । बीपीको पहिलो त्रैमासिकको मुनाफा एक दशकभन्दा बढी समय कै उच्च बिन्द्रमा पुगेको थियो । 

गत साता अर्को तेल कम्पनी शेलले अप्रिलदेखि जुनबीचको त्रैमासिक मुनाफा १० अर्ब पाउण्ड पुगेको बताएको थियो । उच्च मुनाफा भएपछि शेल र फ्रान्सको टोटलले उसका शेयर होल्डरलाई अर्बौँ डलर लाभांश दिने बताएका छ ।

बढ्दो इन्धनको मुल्य विश्वभर देखिएको मुद्रास्फितिको प्रमुख कारण बनेको छ । सम्पन्न मुलुकहरूमा मुद्रास्फिति दशकौँ यताकै उच्च देखिएको छ । बेलायत सरकारले बढ्दो ऊर्जा मूल्यसँग जुध्नको लागि ढिलो गरी तेल कम्पनीको ‘असाधारण मुनाफामा’ कर दर बढाएको छ । 

तथापि २५ प्रतिशतको कर जुलाई १४ पछि मात्र लागु भएकाले बीपी लगायत प्रमुख तेल कम्पनीले दोस्रो त्रैमासिकको अधिकांश समयमा कमाएको मुनाफामा नयाँ कर लाग्ने छैन छैन । 

द गार्जियनबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप