बैंकिङ कसुर मुद्दामा फरार महिला पक्राउ
मङ्गलबार, १७ साउन २०७९, १४ : ३३
![बैंकिङ कसुर मुद्दामा फरार महिला पक्राउ](https://rpcdn.ratopati.com/media/albums/mb_7Zwu0WK3Iw.jpg)
बैंकिङ कसुर मुद्दामा फरार महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी–३ घर भएकी ३५ वर्षीया मामा बस्नेत थापा छिन् ।
९० लाख रुपैयाँ बिगो भएको मुद्दामा उनीविरुद्ध उच्च अदालत पाटनले पक्राउ पुर्जी जारी गरेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले रातोपाटीलाई बताए । अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले ललितपुर महानगरपालिका–१६ स्थित बंगलामुखीबाट पक्राउ गरेर उनलाई प्रहरी वृत्त बालाजुमा बुझाएको छ । आरोपीबारे प्रहरी वृत्त बालाजुले अनुसन्धान गरिरहेको छ । उनीविरुद्ध वैदेशीक रोजगार विभागले पनि पक्राउ पुर्जी जारी गरेको छ । भरतमणि घर्तीमगर सहितका व्यक्तिहरूलाई रोजगारीमा पठाउँछु भनेर ठगेको आरोप छ ।