डिशहोमको सेवाहरु अब अनलाइनबाट रिचार्ज गर्न सकिने
डिशहोमले प्रदान गर्ने सेवाहरु अब नेपालमा उपलव्ध अनलाइन सेवा मार्फत रिजार्ज गर्न सकिने भएको छ । आइएमई पे,ईसेवा, खल्ती र प्रभु पेमार्फत डिसहोमले प्रदान गर्ने सेवाहरु रिचार्ज गर्न सकिने भएको हो । रिचार्ज गर्ने क्रममा आफूले लिएको सेवाबारे बुझेर मात्र रिचार्ज गर्न कम्पनीले सूचित गरेको छ । जस्तै, डिसहोम डीटीएच मात्र प्रयोग गरेको भए टीभी सेग्मेन्टमा गएर डिसहोममा क्लिक गरेर रिचार्ज गर्न सकिन्छ ।
त्यस्तै डिसहोम फाइबरने६ मात्र चलाएको भए इन्टरनेट सेग्मेन्टमा गएर डिसहोम फाइबरनेटमा क्लिक गरेर रिचार्ज गर्न सकिन्छ ।
त्यस्तै फाइबरनेट र डीटीएच कम्बो प्याकेज लिएको खण्डमा भने टीभी सेग्मेन्टमा गएर डिसहोम कम्बो प्याकेजमा क्लिक गरेर सेवा लिन सकिने कम्पनीले जनाएको छ । अनलाइन रिचार्जका क्रममा केही समस्या आएमा ग्राहक केन्द्र ९८०१५४४०००मा सम्पर्क गर्न सकिने कम्पनीले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
-
आज दोस्रो क्वालिफायर : हारले घाइते जनकपुर र जितले उत्साहित कर्णालीबिच ‘गर या मर’ को भिडन्त
-
लिभरपुल, आर्सनल र न्यूक्यासल काराबाओ कपको सेमीफाइनलमा
-
आज कसलाई कति शुभ ? हेर्नुहोस् राशिफल
-
विदेशी मुद्राको विनिमय दर, कसको मूल्य कति पुग्यो ?