आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

लुम्बिनी प्रदेशमा काँग्रेसको मन्त्री हेरफेरबारे आज टुङ्गो लगाउने तयारी

मङ्गलबार, १७ साउन २०७९, १४ : ०३
मङ्गलबार, १७ साउन २०७९

लुम्बिनी प्रदेशमा नेपाली काँग्रेसले मन्त्री परिवर्तन गर्ने या नगर्ने विषयमा आज टुङ्गो लगाउने भएको छ । नेपाली काँग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेता वीरेन्द्र कनौडियाले मन्त्रीहरू परिवर्तनको विषयमा केन्द्रीय नेताहरूसँगै छलफल गरेर आज नै टुङ्ग्याउने बताएका हुन् । काठमाडौँमा रहेका कनैडियालले प्रधानमन्त्री र गृहमन्त्री बालकृष्ण खाँणलाई भेटेर यो विषयमा आज फाइनल गर्ने रातोपाटीलाई बताए । उनले भने, मन्त्री परिवर्तन गर्ने या नगर्ने भन्ने कुरा फाइनल गर्नका लागि आज म नेताहरूलाई भेट्दै छु ,जे हुन्छ आज हुन्छ ।’

नेपाली काँग्रेसको प्रदेश संसदीय दलको असार १३ गते बसेको बैठकले मन्त्रीहरू परिवर्तन गर्ने विषयमा निर्णय गरेको थियो । तर प्रदेशको निर्णयमा केन्द्रीय नेताहरूको राय माग्दा ढिलाइ भएको हो । लुम्बिनीमा सरकार गठनका बेला २०७८ साउनमै सरकारको नेतृत्व आठ/आठ महिना गर्ने गठबन्धनमा भद्र सहमति भएको थियो । तर, केन्द्रीय गठबन्धनमै समस्या पर्ने भन्दै केन्द्रबाट सरकारको नेतृत्व परिवर्तन नगर्ने बरु मन्त्री परिवर्तन गरेर समाधान खोज्ने सहमतिपछि मन्त्री परिवर्तनमा गठबन्धनका दुई दल लागेकाछ न् । 

नेपाली काँग्रेसले मन्त्रीहरू फेर्नासाथ माओवादीले पनि फेर्ने तयारी गरेको छ । तर त्यसो नभएमा अहिलेकै मन्त्रीहरु यथावत् रहने माओवादीका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले रातोपाटीलाई बताए । काँग्रेस र माओवादीबीच प्रदेश सरकारको बजेट पारित गरेपछि साउन ५ भित्र लुम्बिनी सरकारका मन्त्री हेरफेर गर्ने आन्तरिक सहमति भएको थियो । त्यही अनुसार काँग्रेसले असार १३ गते नै संसदीय दलको बैठक बोलाएर मन्त्री हेरफेर गर्ने विषयमा निर्णय गरेको थियो ।

असार १३ को निर्णय अन्योलमा 

संसदीय दलको बैठकमा सरकारबाट फिर्ता हुने निर्णयमा हस्ताक्षर गर्दै प्रतिबद्धतासमेत जनाएका मन्त्रीहरूले नै अहिले तत्काल सरकार छोड्ने विषयमा अटेर गर्दै केन्द्रीय नेतृत्वलाई दबाब दिन थालेपछि मन्त्री हेरफेर ढिलाइ भएको काँग्रेस सांसदहरु नै बताउँछन् । मन्त्री बन्ने लिस्टमा भएकाहरूले केन्द्रमा छिटो निर्णय गर्नको आग्रह गर्ने र अहिले मन्त्रीहरू भएकाहरू निर्वाचनको मुखमा सत्तापरिवर्तन गर्दा गलत सन्देश जाने भन्दै केन्द्रसँग लबिङ गरिरहेका छन् । काँग्रेसबाट अहिले लुम्बिनीमा पर्यटन,ग्रामीण तथा सहरी विकास मन्त्रीमा दाङका डिल्लीबहादुर चौधरी, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीमा पाल्पाका वीरबहादुर राना, शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्रीमा रुपन्देहीका बसिउद्दिन खाँ र वन, वातावरण तथा भूसंरक्षण मन्त्रीमा बाँकेका सुरेन्द्रबहादुर हमाल छन् । स्रोतका अनुसार डिल्ली चौधरी तत्काल मन्त्री परिवर्तन गर्न नहुने पक्ष रहेका छन् । उनको प्रधानमन्त्री देउवासँग राम्रो सम्बन्ध भएको मानिन्छ ।

माओवादी रणनीतिः

यता मुख्यमन्त्री परिवर्तन नहुने भएपछि काँग्रेसको माग अनुसार अन्य मन्त्रीहरू परिवर्तन भएमा माओवादीले पनि नयाँ मन्त्रीहरू पठाउनका लागि नाम तयार पारेर राखेको छ । अहिले माओवादीको भागमा परेका मन्त्रालयसँगै अन्य मन्त्रालय पनि हेरफेर गर्नको लागि आफूहरु तयार रहेको माओवादी संसदीय दलमा नेता तुलाराम घर्ती मगरले बताए । ‘तर पहिलो नेपाली काँग्रेस निर्णय आउनुपर्छ । त्यसपछि हाम्रो निर्णय तत्काल हुन्छ,’ माओवादी प्रदेश अध्यक्ष बरालले भने । माओवादीबाट अहिले कृष्ण ध्वज खड्का, तिलकराम शर्मा,इन्द्र जित थारु मन्त्री रहेका छन् । उनीहरूको ठाउँमा तुलराम घर्ती(वसन्त),कृष्णा केसी र तेजबहादुर ओली मन्त्री बन्ने करिब निश्चित जस्तै छ ।यस्तै गुल्मीकी गीता थापाको पनि सम्भावना रहेको माओवादी स्रोतले बताएको छ । तर नेपाली काँग्रेसले मन्त्री नफेरे उनीहरू पनि चुपचाप बस्ने रणनीतिमा रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप