शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

लुम्बिनी गुरुयोजना विपरीत रिसोर्ट सञ्चालनको अनुमति खारेज

मङ्गलबार, १७ साउन २०७९, १३ : ४०
मङ्गलबार, १७ साउन २०७९

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले लुम्बिनी विकास गुरुयोजना विपरीत रिसोर्टलाई जग्गा दिने यसअघिको निर्णय खारेज गरेका हुन् । लुम्बिनी विकास कोष परिषद्का अध्यक्ष समेत रहेका श्रेष्ठले मंगलबार परिषद्को बैठक राखी लुम्बिनी परिसर भित्र क्याम्पेन ग्राउन्डको जग्गा निजी कम्पनीलाई दिने गत वैशाख १९ गतेको निर्णय खारेज गरेको हो । 

गुरुयोजना विपरीत ‘क्याम्पेन ग्राउन्ड’ मा ‘संसारा वेलनेस’ नामक कम्पनीलाई लुम्बिनी विकास कोषभित्र रिसोर्ट सञ्चालन गर्न दिने गरी अनुमति प्रदान गरिएको थियो । साथै, सोही परिषद् बैठकले लुम्बिनीमा पर्यटक सुविधाका लागि विद्युतीय बस सञ्चालन गर्ने निर्णय समेत गरेको छ । बैठकले एक महिनाभित्र विद्युतीय बस सेवा सञ्चालन गर्ने निर्णय गरेको हो । लुम्बिनी जाने पर्यटकहरूलाई सुविधायुक्त र सहज अवलोकनका लागि विद्युतीय बस सञ्चालनको निर्णय गरिएको मन्त्री श्रेष्ठले बताए । विद्युतीय बस सञ्चालनले लुम्बिनी क्षेत्रका पर्यटकीय सम्पदा अवलोकनका लागि जाने पर्यटकलाई सहज हुनेछ । 

कोषको परिषद् बैठकले लुम्बिनी गुरुयोजनाको काम चालु आर्थिक वर्षभित्र सम्पन्न गर्ने निर्णय पनि गरेको छ । साथै विभिन्न बौद्धस्थललाई समेटेर बनाइने दीर्घकालीन गुरुयोजना निर्माणको प्रारम्भिक खाका दुई महिनाभित्र तयार गरिने समेत बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप