शनिबार, १५ असार २०८१
ताजा लोकप्रिय

गत वर्ष नेपाल भित्रियो १ अर्ब ६३ करोडको केरा

मङ्गलबार, १७ साउन २०७९, १३ : ३५
मङ्गलबार, १७ साउन २०७९

गत आर्थिक वर्ष २०७८/७९ मा विदेशबाट १ अर्ब ६३ करोड रुपैयाँ बराबरको केरा भित्रिएको छ । भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षमा उक्त मूल्य बराबरको ६ करोड ६२ लाख किलोग्राम केरा भित्रिएको हो ।

यसबापत आयातकर्ताले विदेशबाट केरा आयात गर्दा राज्यलाई २१ करोड रुपैयाँ बराबरको भन्सार कर तिरेका छन् । नेपाल भित्रिएको केरा सबै भारतबाट आयात भएको छ । गत वर्ष भारतबाट १ अर्ब ६३ करोड ७० लाख रुपैयाँ बराबरको केरा भित्रिएको छ । यसबाहेक इन्डोनेसियाबाट समेत केरा आयात हुने गरेको छ । इण्डानेसियाबाट गत वर्ष जम्मा ४० हजार रुपैयाँको केरा भित्रिएको भन्सार विभागको तथ्याङ्क छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप