
सशस्त्र द्वन्द्वमा पीडित सुरक्षाकर्मीको परिवारद्वारा बानेश्वरमा धर्ना

द्वन्द्वपीडित सुरक्षाकर्मी र परिवार संस्थाले मंगलबार काठमाडौँमा धर्ना कार्यक्रमको आयोजना गरेको छ । सशस्त्र द्वन्द्व कारण जनधनको क्षति बेहोरेका पीडित सुरक्षाकर्मीहरू माथि अन्याय भएको भन्दै उनीहरूले विरोध कार्यक्रमको आयोजना गरेका हुन् ।
बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयकमा घाइते सुरक्षाकर्मीको माग पनि समावेश गराउनको लागि धर्ना कार्यक्रम आयोजना गरिएको उनीहरूको भनाइ छ । उनीहरूले सशस्त्र द्वन्द्वमा घाइते भएका सुरक्षाकर्मीको आजीवन नि:शुल्क उपचार गर्नुपर्ने माग समेत गरेका छन् ।
सुवास श्रेष्ठ
सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ