काठमाडौँ ४ मा किर्ते मतदाता भएको दाबी : कारबाहीको माग गर्दै काँग्रेस पुग्यो निर्वाचन अधिकृतको कार्यालय
नेपाली काँग्रेस काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ ले किर्ते मतदाता छानबिनका लागि निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । सोमबार क्षेत्र नं ४ काँग्रेसले किर्ते प्रकरणका दोषीलाई कारबाही नगरेको भन्दै जिल्ला निर्वाचन कार्यालयमा दबाब दिएको हो ।
नेकपा एमालेका नेताहरू मतदाता किर्ते प्रकरणमा रंगेहात भेटिएको भन्दै काँग्रेसले ०७४ सालदेखिकै नयाँ मतदाताको कागजपत्रको रुजु गरी छानबिन गर्नका लागि निर्वाचन आयोगलाई दबाब दिएको छ । यस क्रममा क्षेत्र नं ४ काँग्रेसले प्रमुख निर्वाचन आयुक्तदेखि काठमाडौँका प्रमुख जिल्ला अधिकारीसम्मलाई भेटेर यसमा दबाब दिएको छ ।
उजुरी दिएको तीन हप्तासम्म पनि निर्वाचन अधिकृतको कार्यालयले एक्सन नलिएपछि बुढानीलकण्ठ काँग्रेसका नेता–कार्यकर्ताहरू सोमबार कार्यालय घेराउ गर्न अनामनगर पुगेका थिए । बिहान साढे ११ बजे अनामनगरमा भेला भएका उनीहरूले सरकारी किर्ते प्रकरणमा मुछिएकालाई कारबाही गर्नुपर्ने, किर्ते मतदाताको छानबिन गरी उनीहरूको नामावली खारेज गर्नुपर्ने, ०७४ सालपछिको मतदाता नामावलीको कागजात छानबिन गर्नुपर्ने लगायतको माग राख्दै प्रदर्शन गरेका थिए ।
जिल्ला निर्वाचन अधिकृत ठाकुर प्रसाद भट्टराईलाई भेट्न अनामनगरस्थित कार्यालयमा पुगेका बुढानीलकण्ठ काँग्रेसका नेता कार्यकर्ताहरूले केही बेर जिल्ला निर्वाचन अधिकृतविरुद्ध नाराबाजी गरेका थिए । निर्वाचन अधिकृत किर्ते मतदातामाथि कारबाहीका लागि छानबिन अगाडि बढिसकेको जवाफ दिएका थिए ।
यस्तै काँग्रेसले २०७४ को निर्वाचनमा पनि तत्कालीन नेकपा एमाले नेता दीपक निरौलाको घरमै किर्ते मतदाता फोटो खिचिरहेको बेला प्रहरीले समातेको स्मरण गराउँदै सो समयदेखिकै मतदाताको छानबिन गर्न भट्टराई समक्ष माग गरेको छ ।
जवाफमा भट्टराईले असारसम्मको विवरण निर्वाचन आयोग केन्द्रीय कार्यालयमा पुगिसकेको भन्दै असारदेखि साउनसम्मको विवरण मात्रै हेर्न सकिने बताएका थिए । बुढानीलकण्ठ नगरपालिकाको वडा नं १० र १२ मा वडा सचिवको नक्कली हस्ताक्षर र नक्कली छाप समेत बोकेर नेकपा एमालेका जिल्ला सदस्य ध्रुव भट्टराई जिल्ला निर्वाचन अधिकृतको कार्यालयमा पुगेपछि स्थानीयले उनलाई रंगेहात पक्रिएको थियो । किर्ते प्रकरणमा नेता भट्टराई विरुद्ध जिल्ला निर्वाचन कार्यालयमा तीन साता अघि बुढानीलकण्ठ काँग्रेसले निवेदन दिएको थियो ।
विभिन्न विषयमा प्रमाणसहित दिएको निवेदनमा पनि प्रक्रिया पूरा गर्ने भन्दै निर्वाचन अधिकृत भट्टराईले कारबाही प्रक्रिया अघि बढाउन आनाकानी गर्दै आएका छन् । सोमबारको भेटमा उपस्थित प्रतिनिधिहरूले लामो समयसम्म कारबाही नहुँदा निर्वाचन आयोगको विश्वसनीयताप्रति नै प्रश्न चिह्न खडा भएको धारणा राखेका थिए ।
तर, सबैको गुनासो सुनेपछि भट्टराईले आफूले किर्ते प्रकरणमा पञ्जीकरण विभागबाट विवरण माग गरेको भन्दै किर्ते भएको ठहर भए त्यो मतदाता नामावली रद्द हुने आश्वासन दिए । भट्टराईले दोषी भेटिए कारबाहीको लागि लेखिपठाउने भने पनि कहिले पठाउने विषयमा स्पष्ट नबताएको काँग्रेस नेताहरूको भनाइ छ । ०७४ ममा काठमाडौँ ४ मा काँग्रेस महामन्त्री गगन थापा र एमाले नेता राजन भट्टराईबीच प्रतिस्पर्धा भएको थियो । त्यतिबेला थापासँग पराजित भट्टराई अहिले पनि सोही क्षेत्रबाट चुनाव लड्ने तयारीमा रहेको बुझिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या