के छ कामु प्रधानन्यायाधीशले अख्तियारलाई लेखेको गोप्य पत्रमा ? (पत्रसहित)
कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले अख्तियारलाई लेखेको पत्र बाहिरिएको छ । कार्कीको निजी सचिवालयबाट अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईलाई सम्बोधन गरी लेखिएको पत्रमा भवन निर्माणका सम्बन्धमा भएको भनिएको भ्रष्टाचारको छानबिन गर्न आग्रह गरिएको छ ।
रातोपाटीलाई प्राप्त असार २९ गतेको मितिमा तयार पारिएको ‘अति गोप्य’ पत्रमा ‘भवन निर्माणका सम्बन्धमा भएको भनिएको भ्रष्टाचारको विषयमा छानबिन कहाँ पुगेको हो, जानकारी पाइएन’ भन्दै गुनासो गरिएको छ । त्यसै गरी संविधानले दिएको अधिकारअनुसार भ्रष्टाचारको विषयमा सूक्ष्म रूपमा अध्ययन गर्ने जिम्मेवारी र दायित्व पनि आयोगकै भएको स्मरणसमेत गराइएको छ । पत्रमा यसअघि रजिष्ट्रार नारायण प्रसाद पन्थीले पठाएको पत्रको कारण छानबिनमा कुनै समस्या नरहेको र असामञ्जस्यको स्थितिमा रहनुपर्ने कारण नभएको पनि स्पष्ट पारिएको छ ।
त्यसै गरी, भ्रष्टाचार र अनियमितताका सम्बन्धमा यथार्थ कुरा बाहिर ल्याउनु र दोषीउपर संविधान र कानुनबमोजिम सजायको भागिदार बनाउनु न्यायिक नेतृत्वको जिम्मेवारी रहेको भन्दै पत्रमा आयोगलाई सो सम्बन्धमा जुनसुकै सहयोग गर्न आफू तत्पर रहेको पनि उल्लेख गरिएको छ । साथै उक्त विषयमा आवश्यक परेमा प्रधानन्यायाधीशको निजी सचिवालयमै पत्राचार गर्नुहुन र १५ दिनभित्र उचित परिणामको अपेक्षा गरिएको ब्यहोरा उल्लेख गरिएको छ ।
यस्तो छ पत्र

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु
-
रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ : माधव नेपाल
-
भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान
-
एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
-
स्वास्थ्य मन्त्रालयका सचिव डिल्लीराम शर्माको सरुवा
-
एन्थ्रोपिकका सह–संस्थापकको चेतावनीः एआईलाई ‘ब्रेक पेडल’ चाहिन्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
