सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

के छ कामु प्रधानन्यायाधीशले अख्तियारलाई लेखेको गोप्य पत्रमा ? (पत्रसहित)

मङ्गलबार, १७ साउन २०७९, ११ : ५४
मङ्गलबार, १७ साउन २०७९

कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले अख्तियारलाई लेखेको पत्र बाहिरिएको छ । कार्कीको निजी सचिवालयबाट अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईलाई सम्बोधन गरी लेखिएको पत्रमा भवन निर्माणका सम्बन्धमा भएको भनिएको भ्रष्टाचारको छानबिन गर्न आग्रह गरिएको छ । 

रातोपाटीलाई प्राप्त असार २९ गतेको मितिमा तयार पारिएको ‘अति गोप्य’ पत्रमा ‘भवन निर्माणका सम्बन्धमा भएको भनिएको भ्रष्टाचारको विषयमा छानबिन कहाँ पुगेको हो, जानकारी पाइएन’ भन्दै गुनासो गरिएको छ । त्यसै गरी संविधानले दिएको अधिकारअनुसार भ्रष्टाचारको विषयमा सूक्ष्म रूपमा अध्ययन गर्ने जिम्मेवारी र दायित्व पनि आयोगकै भएको स्मरणसमेत गराइएको छ । पत्रमा यसअघि रजिष्ट्रार नारायण प्रसाद पन्थीले पठाएको पत्रको कारण छानबिनमा कुनै समस्या नरहेको र असामञ्जस्यको स्थितिमा रहनुपर्ने कारण नभएको पनि स्पष्ट पारिएको छ । 

​त्यसै गरी, भ्रष्टाचार र अनियमितताका सम्बन्धमा यथार्थ कुरा बाहिर ल्याउनु र दोषीउपर संविधान र कानुनबमोजिम सजायको भागिदार बनाउनु न्यायिक नेतृत्वको जिम्मेवारी रहेको भन्दै पत्रमा आयोगलाई सो सम्बन्धमा जुनसुकै सहयोग गर्न आफू तत्पर रहेको पनि उल्लेख गरिएको छ । साथै उक्त विषयमा आवश्यक परेमा प्रधानन्यायाधीशको निजी सचिवालयमै पत्राचार गर्नुहुन र १५ दिनभित्र उचित परिणामको अपेक्षा गरिएको ब्यहोरा उल्लेख गरिएको छ । 

यस्तो छ पत्र

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप