मुख्यमन्त्री राईलाई कोरोना सङ्क्रमण
मङ्गलबार, १७ साउन २०७९, ०९ : ३२
![मुख्यमन्त्री राईलाई कोरोना सङ्क्रमण](https://rpcdn.ratopati.com/media/albums/rajendra_rai_TI3ZN2Iuwc.jpg)
प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईलाई कोरोना सङ्क्रमण भएको छ । मुख्यमन्त्रीका प्रेस सल्लाहकार बन्धु पोखरेलका अनुसार मुख्यमन्त्री राईलाई हिजाे गरिएको पीसीआर परीक्षणका क्रममा कोरोना पुष्टि भएको हो ।
राईसँगै उनकी पत्नी शोभा पाठक, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार जीवन राईलाई पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ । कोरोना सङ्क्रमण भएसँगै मुख्यमन्त्री राईले भेटघाट लगायतका सबै कार्यक्रम स्थगित गरिएको पोखरेलले जानकारी दिए । सङ्क्रमित सबैको अवस्था भने सामान्य रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गायिका एलिना चौहान र विष्णु सापकोटाको सम्बन्धविच्छेद मुद्दा टुंगियो
-
बेलायतमा भुपेन्द्रलाई दोहोरो स्वर्ण
-
उद्योग मन्त्रीलाई प्रश्नैप्रश्न : सांसदहरूका कारण मूल्यवृद्धि भएको हो ?
-
इजरायल र हमासबिचको युद्ध विराम सम्झौताबारे ट्रम्पले दिए यस्तो चेतावनी
-
एक्सेल्सियर र भ्याली भ्यू सेमिफाइनलमा
-
न्युजिल्याण्डलाई च्याम्पियन बनाएको दोस्रो संस्करण