मुग्लिन-नारायणगढ सडक खण्डको ठाउँ-ठाउँमा पहिरो, यातायात अवरुद्ध
मङ्गलबार, १७ साउन २०७९, ०८ : ३२
![मुग्लिन-नारायणगढ सडक खण्डको ठाउँ-ठाउँमा पहिरो, यातायात अवरुद्ध](https://rpcdn.ratopati.com/media/albums/narayangadh_muglin_IBPwlEVE68.jpg)
पहिरोका कारण मुग्लिन-नारायणगढ सडक खण्ड ठप्प भएको छ । गएराति ११ बजेदेखि नै यो सडक खण्ड ठप्प भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी एवम् प्रवक्ता नरहरि अधिकारीका अनुसार भरतपुर महानगरपालिका-२९ को केराबारीमा ठूलो पहिरो गएको छ ।
यस्तै, भरतपुर महानगरपालिकाकै १७ किलोमा पनि पहिरो गएको छ । यस्तै, इच्छाकामना गाउँपालिका वडा नम्बर ६ मा पर्ने ३ नम्बर पुलको बीचमा पनि पहिरो गएको छ । यस्तै, नौबिसे-मुग्लिन सडक खण्डका केही ठाउँमा पनि पहिरो गएको छ ।
पानी परिरहेकाले पहिरो हटाउन समस्या भएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी एवम् प्रवक्ता नरहरि अधिकारीले बताए। यो सडक खण्डमा गाडीको लामो लाइन लागेको छ । लामो दूरीमा चल्ने गाडी तथा मालवाहक ट्रकसहित साना गाडीहरुसमेत रोकिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बद्री पंगेनीसहित आधा दर्जन बढी गायक गायिकाले गरे रोपाइँ
-
उपभोक्तामैत्री कानुन आवश्यक छ : मन्त्री गिरी
-
बर्दियामा चितुवा नियन्त्रणमा लिइयो
-
युवालाई कृषि पेसामा आकर्षित गर्नुपर्छ : मुख्यमन्त्री कार्की
-
बागलुङका चार उत्कृष्ट किसान पुरस्कृत
-
भूराजनीतिक सन्तुलन मिलाउन सके नेपाल बन्छ : पूर्वप्रधानमन्त्री भट्टराई