शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

अमेरिकाले युक्रेनलाई ५५० मिलियन डलर बराबरको थप हतियार उपलब्ध गराउने

मङ्गलबार, १७ साउन २०७९, ०८ : १६
मङ्गलबार, १७ साउन २०७९

अमेरिकाले सोमबार रसीयासँग लडिरहेका युक्रेनी सेनाका लागि थप हतियार उपलब्ध गराउने भएको छ । अमेरिकाले उपलब्ध गराउने हतियारमा रकेट लन्चरहरू र आर्टिलरी बन्दुकहरूका लागि गोला बारुद समावेश छ ।

५५० मिलियन डलरको नयाँ प्याकेजमा एचाईएमएआरएस भनेर चिनिने उच्च गतिशीलता भएको उन्नत रकेट प्रणालीका लागि थप गोला बारुद समावेश छ  छ । त्यस्तै, तोपखानाका लागि गोला बारुद सहयोग पनि प्याकेजमा उल्लेख गरिएको राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले जानकारीलाई दिए ।

सहयोगमा १५५ एमएम आर्टिलरी गोलाबारुदका ७५ हजार राउन्डहरू पनि समावेश छन् । २४ फेब्रुअरीमा रुसले हमला गरेपछि अमेरिकाले किभलाई बारम्बार हतियार सहयोग प्रदान गर्दै आएको छ । 

यसैबीच, रुसी सेनाको कब्जामा रहेको खेर्सनलाई पुनः कब्जा गर्न युक्रेनी सेनाले विभिन्न रणनीति अपनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप