बेनी–जोमसोम सडक अवरुद्ध
हिमाली जिल्ला मुस्ताङसँग सडक सम्पर्क बिच्छेद भएको छ । म्याग्दीको सिमानामा पर्ने काभ्रेभिरमा सोमबार दिउँसो पहिरो खसेपछि मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको छ ।
भिरबाट पहिरो खसेर सडक पुरिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिले बताउनुभयो । पहिराले सडक पुर्नुका साथै कालीगण्डकी नदी बग्ने ठाउँलाई साँघुरो बनाएको छ । पहिरो खसेको क्षेत्रमा विस्फोटक पदार्थको प्रयोग गरेर पहाड फुटाएर सडक विस्तार गरिएको थियो । पहिरो खसेपछि म्याग्दीबाट गएका र मुस्ताङबाट बेनीतर्फ आएका सवारीसाधन बीच बाटोमै रोकिएका छन् । मानिस पैदल हिँड्न पनि नसकिने भएकाले वैकल्पिक पैदलमार्ग प्रयोग गर्न अनुरोध गरिएको छ ।
पहिरो नरोकिँदा र सडक नखुल्दासम्म घाँसाबाट पहिरोथाप्ला म्याग्दीको कोप्चेपानी–गाडपार हुँदै दाना निस्कने वैकल्पिक पैदलमार्ग प्रयोग गर्न अनुरोध गरिएको छ । स्थानीय बासिन्दा मुस्ताङ भ्रमणमा आएका पर्यटक तथा मुक्तिनाथ दर्शन गर्न आएका भक्तजन सडक अवरुद्ध हुँदा प्रभावित बनेका छन् ।
सांसद प्रेमप्रसाद तुलाचनले पहिरो रोकिएपछि बेनी–जोमसोम–कोरला सडक आयोजनाका उपकरण परिचालन गरेर पहिरो पन्छाएर सडक खुलाइने बताउनुभयो । दुई दिनदेखिको वर्षात्का कारण आएको बाढीले मुस्ताङको कैकुखोलामा सडक बगाएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनका अनुसार रुप्सेखोला र बेगखोलामा पनि सडक अवरुद्ध भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले बैठकमा दाने जग्गादेखि कारबाही फिर्तासम्मको चर्चा
-
नयाँ स्टक एक्सचेन्जको अनुमतिविरुद्ध सर्वोच्चका रिट
-
पदाधिकारीसम्मको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग बनाउन जनार्दन शर्माको प्रस्ताव
-
विपी कोइरालाले शिलान्यास गर्ने तयारी गरेको सडक सञ्चालन गर्न दबाब दिन कांग्रेसको पदयात्रा
-
अपडेट : चीनमा भूकम्पबाट मृत्यु हुने संख्या ९५ पुग्यो, १३० जना घाइते
-
भूकम्पपछि चीनले गर्यो सगरमाथा क्षेत्र प्रवेश बन्द, नेपालले के गर्छ ?