इक्वेडरको जेलमा भड्कियो हिंसा, १३ जनाको मृत्यु
मङ्गलबार, १७ साउन २०७९, ०६ : १४

इक्वेडरको एक जेलमा परस्पर विरोधी गिरोहबीच भएको झडपमा कम्तिमा १३ कैदीको मृत्यु भएको छ । झडपमा दुई जना कैदी घाइते भएका अधिकारीहरूले बताएका छन् ।
सान्तो डोमिंगो सहरको एउटा कारागारमा भएको झडपमा ४४ जना कैदीको मृत्यु भएको दुई महिनापछि पछिल्लो लडाइँ सुरु भएको हो । अधिकारीहरूले बेल्लाभिस्टा कारागारलाई पूर्ण नियन्त्रणमा लिएको जनाएका छन् । जेल हिंसा सन् २०२१ को फेब्रुअरीदेखि चलेको छ । कारागारमा दुई परस्पर विरोधी गिरोहबीच भएका लडाइँमा ४ सयभन्दा बढी कैदी मारिएका छन् ।
गृहमन्त्री क्यारिलोले बेलाभिस्टा जेलमा भएको यो पछिल्लो डरलाग्दो झडपपछि १३ शव फेला पारिएको बताए । सेलभित्र खोजी गर्ने क्रममा थप शव फेला पर्न सक्ने उनले अनुमान गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुडुचेरीका विधायकहरू अनुभव आदानप्रदानका लागि पोखरामा
-
हेटौँडा अस्पतालमा मुटु रोग सम्बन्धी सेवा विस्तार हुँदै
-
सुदूरपश्चिम प्रदेशमा बिहानैदेखि वर्षा, कस्तो रहला देशभरको मौसम ?
-
क्यानाडा, मेक्सिको र चीनमाथि आयातकर लगाउने ट्रम्पको अडानले अमेरिकी शेयर बजार ‘ध्वस्त’
-
गणेशजीको बार आज कसलाई कति लाभ ? हेर्नुहोस् राशिफल
-
माथिल्लो राहुघाट जलविद्युत आयोजनाको काम अन्तिम चरणमा