गौतमश्री सहकारीको सञ्चालक र व्यवस्थापक सम्पर्कविहीन
काठमाडौँको कुलेश्वरमा कार्यालय रहेको गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थाको सञ्चालक र व्यवस्थापक सम्पर्कविहीन भएका छन् । २५ हजार सदस्य रहेको संस्थाका सञ्चालक तथा व्यवस्थापक सम्पर्कविहीन भएपछि पीडित सदस्य आइतबार बिहानै सहकारी विभाग पुगेका थिए । सो संस्थाका २५० भन्दा बढी सदस्यले आफ्नो निक्षेप फिर्ता गर्न माग गर्दै सञ्चालक र व्यवस्थापकविरुद्ध विभागमा उजुरी दिएका छन् ।
विभागले सहकारीका सञ्चालक तथा व्यवस्थापकका खाता रोक्का राख्न राष्ट्र बैङ्कमार्फत बैङ्क तथा वित्तीय संस्थालाई अनुरोध पठाइसकेको छ ।विभागले कुलेश्वरस्थित सहकारीको कार्यालय, सेवा केन्द्र, डिपार्टमेन्टल स्टोर्स तथा गोदाममा सिलबन्दी गरेको छ । विभागले सो संस्थाका सञ्चालक र व्यवस्थापकलाई विभागमा उपस्थित गराउन नेपाल प्रहरीलाई गुहारेको छ । गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थाका जिम्मेवार सञ्चालक तथा व्यवस्थापक विभागको सम्पर्कमा नआएको विभागका उपरजिस्ट्रार उपाध्यायले बताए । सो संस्थाका अध्यक्ष रामबहादुर गौतम र महाप्रबन्धक रवीन्द्र विष्टलगायत अन्य सञ्चालक तथा कर्मचारी पनि फरार रहेको संस्थाका सदस्यले बताएका छन् । उपरजिस्ट्रार उपाध्यायले उजुरी दिने क्रम बढ्दै गएकाले ठगिएको रकम र सङ्ख्याबारे यकिन गर्न केही दिन लाग्ने बताए । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रसारणको लाइनको तार परिवर्तन गर्दै विद्युत् प्राधिकरण, काठमाडौँका यी स्थानमा आपूर्ति बन्द हुने
-
डढेलो नियन्त्रणमा सरकार संवेदनशील देखिएन: नेता कोइराला
-
डिएभी विद्यालयमा राग र ताल मिश्रित सांस्कृतिक कार्यक्रम ‘तरङ्ग’ भव्य रूपमा सम्पन्न
-
मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न
-
एकल, दलित र विपन्न महिलालाई आत्मनिर्भर बनाउन सवारी चालक तालिम
-
ब्राइटनविरुद्ध म्यानचेस्टर सिटीलाई ४–० को जित, उपाधि होड थप रोमाञ्चक