रुससँग नयाँ सन्धि वार्ता गर्न अमेरिका तयार
अमेरिकी राष्ट्रपति जो बाइडेनले सन् २०२६ मा समाप्त हुने रुससँगको सन्धिलाई प्रतिस्थापन गर्न नयाँ हतियार नियन्त्रण ढाँचा बारे तुरुन्तै वार्ता गर्न तयार रहेको बताएका छन् । ‘आज मेरो प्रशासन नयाँ हतियार नियन्त्रण ढाँचामा द्रुत रूपमा वार्ता गर्न तयार छ। तर वार्ताका लागि असल नियतका साथ काम गर्ने इच्छुक साझेदार चाहिन्छ,’ बाइडेनले सन्धिको समीक्षा सम्मेलन अघि विज्ञप्तिमार्फत सो कुरा बताए ।
रुसले अमेरिकासँग आणविक हतियार नियन्त्रणमा काम पुनः शुरु गर्न तयार रहेको देखाउनुपर्ने उनले बताए । उनले चीनले पनि त्यस्तै गर्नुपर्ने धारणा राखेका छन् ।
‘चीनसँग एनपीटी आणविक हतियार राष्ट्र र पी-५ को एक सदस्यको रूपमा वार्तामा संलग्न हुने जिम्मेवारी पनि छ जसले जोखिमलाई कम गर्नेछ र सैन्य गतिविधिको अस्थिरतालाई सम्बोधन गर्नेछ। हतियारको वृद्धि कुनै पनि राष्ट्र वा विश्वको लागि फाइदा छैन,’ राष्ट्रपति बाइडेनले भने।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइएमई ग्रुपको लगानीमा नवलपुरको मौलाकालीमा ‘इला होटल’ सञ्चालनमा आउँदै
-
गभर्नर नियुक्तिका लागि आफूखुसी मापदण्ड बनाइएको भन्दै सर्वोच्चमा रिट
-
सात दिनमा सिफारिस समिति बनाइ डेढ महिनाभित्र सहकारी नियमन प्राधिकरण गठन गर्न सर्वोच्चको परमादेश (पूर्णपाठ)
-
अघि बढेन वामपन्थी एकता, गतिहीन बन्यो समाजवादी मोर्चा
-
पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी
-
९ महिनामा पढाइका लागि एक खर्ब ३ अर्ब ८४ करोड रूपैयाँ विदेश पठाइयो