भारतमा हिन्दी भाषामा प्रदर्शन हुँदै ‘प्रेम गीत ३’
फिल्म ‘प्रेमगीत ३’ भारतमा पनि प्रदर्शन हुने भएको छ। निर्माण टिमले पोस्टर सार्वजनिक गर्दै फिल्म ‘प्रेमगीत ३’ भारतमा सेप्टेम्बर २३ अर्थात् असोज ७ गतेदेखि प्रदर्शन हुने घोषणा गरेको हो ।
‘प्रेमगीत ३’ भारतमा प्रदर्शन हुने निर्देशक सन्तोष सेनले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्। ‘खुसी उत्साह र उमंग.. हाम्रो वर्षौको मिहेनतले सार्थकता पाएको छ। हाम्रो सपना त पूरा भयो तर यतिले मात्र पुग्दैन। हामी आम नेपालीले मेरा लागि होइन, समग्र उद्योगको विकासका लागि एक पटक मज्जाले लागौं,’ उनले लेखेका छन्।
प्रदीप खड्का, क्रिस्टिना गुरुङको मुख्य भूमिका रहेको फिल्ममा सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा खत्री, जीवन भट्टराई, लक्ष्मी बर्देवालगायत कलाकारको अभिनय छ। यो भारतमा हिन्दी भाषामा प्रदर्शन हुने पहिलो नेपाली फिल्म हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका र चीनबिच कैदी साटासाट
-
ट्रम्पसँग डिनरमा गए जुकरबर्ग, चार वर्षअघि ट्रम्पमाथि लगाएका थिए प्रतिबन्ध
-
सिन्धुलीको बुद्धचित्त माला विवादमा थप एक जना पक्राउ
-
क्रान्तिकारी कम्युनिस्ट पार्टी राष्ट्रिय एकता महाधिवेशनको र्याली (तस्बिरहरु)
-
पराजित हुने भयले कर्णालीमा उम्मेदवारविहीन भयो एकीकृत समाजवादी
-
कांग्रेस–एमालेको गढमा माओवादीको धावा !