भारतमा मंकीपक्स संक्रमणबाट एक जनाको मृत्यु
सोमबार, १६ साउन २०७९, २१ : ३५
भारतको केरलमा मंकीपक्सका कारण एक जनाको मृत्यु भएको छ । शनिबार मृत्यु भएका युवकलाई मंकीपक्सको पश्चिम अफ्रिकी भेरिएन्ट संक्रमण भएको केरलाको स्वास्थ्य विभागले जनाएको छ ।
भारतमा मंकीपक्सबाट पहिलो मृत्यु भएको बताइएको छ । केरलकी स्वास्थ्यमन्त्री बिना जर्जले २२ वर्षीय युवकको मृत्यु भएको जानकारी दिएकी छन् । ती युवक यूएईबाट भारत आएको उनले जानकारी दिएकी छन् ।
उनलाई मंकीपक्स संक्रमण देखिएपछि केरलकै एक निजी अस्पतालमा भर्ना भएको थियो । मृतकको परिवार सदस्यहरूका अनुसार उनी यूएईको रास अल खइमाहमा कार्यरत थिए । साथै उनी जुलाइ २२ मा आफ्नो घर आइपुगेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती