शनिबार, १५ असार २०८१
ताजा लोकप्रिय

बाँकेमा लागुऔषधसहित २ जना पक्राउ

सोमबार, १६ साउन २०७९, २१ : २०
सोमबार, १६ साउन २०७९

बर्दियाको मधुवन नगरपालिका–८ कुसुम्बाघाट जङ्गलबाट लागुऔषध (ब्राउन सुगर)सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा ६४० मिलिग्राम ब्राउन सुगरसहित सोही ठाउँका दोर्णराज गुरुङ र बेदप्रसाद जैसीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

थप अनुसन्धानका क्रममा दोर्णराजको घर खानतलासी गर्दा घरको भित्तामा लुकाइछिपाइ राखेको ४२० मिलिग्राम र ९२५ पुरिया गरी जम्मा १.०६ ग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ । बर्दिया जिल्ला अदालतबाट लागुऔषध मुद्दामा म्याद थप गरी उनीहरूलाई आवश्यक अनुसन्धानका पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर शाहीले जानकारी दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप