मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

भैँसै–भीमफेदी सडकखण्ड सञ्चालन

सोमबार, १६ साउन २०७९, २१ : १३
सोमबार, १६ साउन २०७९

अविरल वर्षाका कारणले पहिरो जाँदा अवरुद्ध भएको हेटौँडा–काठमाडौँ जोड्ने छोटो मार्ग भैँसे–भीमफेदी सडकखण्डमा यातायात सञ्चालनमा भएको छ ।

आज दिउँसो भीमफेदी गाउँपालिका–२ स्थित माथिबाट खसेको लेदो माटोसहितको पहिरोका कारण अवरुद्ध भैँसे–भीमफेदी सडकखण्डमा करिब ३ घण्टापछि पुनः सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय भीमफेदीको प्रहरी निरीक्षक प्रतिमा कार्कीले बताए ।
 
पहिरोले सडक अवरुद्ध हुँदा काठमाडौँबाट कुलेखानी–भीमफेदी हुँदै हेटौंडातर्फ आउने र हेटौंडाबाट भीमफेदी हुँदै काठमाडौँतर्फ जाने सवारीसाधन रोकिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप