हैजा संक्रमितको सङ्ख्या ३७ पुग्यो
सोमबार, १६ साउन २०७९, २० : ५५
नेपालमा हैजा संक्रमितको सङ्ख्या ३७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमा १५ देखि २४ वर्ष उमेर समूहका धेरै छन् ।
मन्त्रालयले जनाएअनुसार १५ देखि २४ उमेर समूहका ६ पुरुष र ४ महिला गरी १० जनामा हैजा संक्रमण पुष्टि भएको छ । १४ वर्षभन्दा कम उमेर समूहका ७ जनामा हैजा पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यस्तै, २५ वर्षदेखि ३४ वर्षसम्मका ४ जना महिला र २ जना पुरुषमा हैजा पुष्टि भएको छ । हाल ३ जना हैजाका बिरामी उपचाररत रहेको पनि मन्त्रालयले जनाएको छ । यस वर्ष असार २ गते पहिलो पटक राजधानीमा हैजा संक्रमण पुष्टि भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हस्पिट्यालिटी क्षेत्रमा भिन्न उपस्थिति-‘हर्ष बाटिका’
-
अमेरिकाको म्याडिसनस्थित एक स्कुलमा गोली चल्यो, संदिग्ध छात्रसहित तीन जनाको मृत्यु
-
१२ बजे, १२ समाचार : रविविरुद्ध ३ मुद्दादेखि घट्यो दाल, चामल, तेल र चिनीको बजार भाउसम्म
-
सक्षम र नैतिकवान नागरिक तयार गर्नु सबैको दायित्व : मुख्यमन्त्री कार्की
-
स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन सकेन : अध्ययन
-
पुटिनद्वारा सन् २०२४ लाई ‘ऐतिहासिक’ वर्ष घोषणा